featured photo: Birat Post
 
 
मोरङ,२९ असार । कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका दुई सय जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ । बोर्डद्वारा शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।
  असार ३० गते(आइतबार) अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियेगिता र १४ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त खेलाडी, सम्बन्धित खेलका प्रशिक्षक र व्यवस्थापकलाई नगद सहित सम्मान गरिने भएको छ । बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले आफुले नेतृत्व पाएको दुई महिनाको छोटो अवधिमा १० वटा प्रदेशस्तरीय खेलकुद विभिन्न जिल्लामा सम्पन्न गरेको जानकारी दिए ।
उनले आगामी वर्ष खेलकुदको बार्षिक क्यालेण्डर अनुसार नियमित खेलकुद प्रतियोगिता गर्नुका साथै  ३० वटा खेलकुद प्रतियोगिता  प्रदेशका विभिन्न जिल्लामा सम्पन्न गर्ने प्रविद्धता समेत व्यक्त्त गरे । प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले केन्द्रमा नयाँ गठबन्धनको सरकार  निर्माण भएपनि प्रदेश खेलकुद विकास बोर्डको नेतृत्व परिवर्तन नहुने बताए ।
    
 
					सम्बन्धित