Birat Post मंगलबार, कार्तिक २७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ कार्तिक / महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन पारेर छन्दवाटिका विराटनगरले सिर्जना वाचन कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित देवकोटा चोकमा आयोजित कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, प्राज्ञ खेम नेपाली, साहित्यकार देवी पन्थी, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री, आयोजक संस्थाका अध्यक्ष हरि कट्टेललगायतले महाकवि देवकोटा शालिकमा माल्यार्पण गरेका थिए ।

त्यस्तै कवि भरत गुरागाईं बर्बरिक, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, निर्मला कोइराला, रोहिणी रसिक, जीवन काफ्ले, भारती पोखरेल, भूपाल अधिकारी, शारदा भट्टराई, भवानीप्रसाद पोखरेल, कुमार श्रेष्ठ, ऋषि तिवारी, सविना श्रेष्ठ, स्वयम्भुनाथ कार्की, कर्ण सञ्जय, बाबुराम पोखरेल, प्रिन्स प्रमोदकुमार ढकाल, चिरञ्जीवि काफ्ले,  भक्ति दाहाललगायत डेढ दर्जनभन्दा बढीले महाकवि देवकोटासँग सम्बन्धित र देवकोटाका सिर्जना प्रस्तुत गरेका थिए । विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयोजक संस्थाका हरि कट्टेलले अबदेखि छन्दवाटिकाले हरेक वर्ष देवकोटा जन्मेकै दिन कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।

प्रमुख अतिथि पोखरेल, प्राज्ञ खेम नेपालीलगायतले नेपाली साहित्यमा देवकोटाले पु¥याएको योगदान चर्चा गरेका थिए । वि.सं. १९६६ कात्तिक २७ गते जन्मिएका महाकवि देवकोटाको वि.सं. २०१६ साल भदौ २९ गते निधन भएको थियो । उनका मुनामदन, कुञ्जीनी, शाकुन्तल, सुलोचनालगायत दर्जनौं कृति प्रकाशित छन् ।

सम्बन्धित

ताजा अपडेट
कोइलाखानीमा ज्यान गुमाउने नेपालीको संङ्ख्या चार पुग्यो
सिरहा कारागारभित्र पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जना नियन्त्रणमा
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल