Birat Post आइतबार, मंसिर ०९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

चरिकोट ९ मङ्सिर । जीवन विज्ञान परिषद् दोलखाको आयोजनामा शनिबार चरिकोटमा आरोग्यका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवम् जीवन विकास विशेषज्ञ रमेश नेपालले आफूभित्रको सम्पदा चिनेमात्र समृद्ध हुन सकिने बताउनु भयो । उहाँले व्यक्तिको समृद्धिका लागि आफूभित्रका सात सम्भावनामा काम गर्नु पर्ने र राष्ट्रको समृद्धिका लागि आरोग्य पर्यटनका सम्भावनामा काम गर्नु पर्ने बताउनु भयो ।

समृद्धिका लागि पहिलो सर्त स्वास्थ्य (आरोग्य) भएको बताउदै गुरुदेवले स्वास्थ्यका लागि जीवन विज्ञानले स्वास्थ्यका सात आयाममा काम गर्दै आएको बताउनुभयो । गुरुदेवले देशलाई समृद्ध बनाउन आरोग्य पर्यटनका लागि पूर्वाधारको विकास गर्दै त्यसको प्रचार प्रसारमा जोड दिनुपर्ने बताउनुभयो । स्वजागरण ध्यान विधि गराउदै गुरुदेवले यसलाई जीवनशैलीमा समावेस गरेर दैनिक प्रयोग गरे जीवनमा सकारात्मक परिवर्तन आउने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वज्ञानले मात्र जीवनमा स्वास्थ्य, शान्ति र समृद्धि आउने बताउनुभयो । उहाँले आरोग्यका लागि स्वजागरण आवश्यक रहेको बताउनु भयो । नागरिकको स्वास्थ्यका लागि प्रदेश सरकारले गर्नुपर्ने सबै कार्य गर्न तयार रहेको उहाँको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य हरि ढकालले योग ध्यानका माध्यमबाट देशमा सकारात्मता विकास गर्ने स्वजागरण अभियान समाज बदल्ने क्रान्ति भएको बताउँदै हरेक व्यक्तिले योग र ध्यानका माध्यमबाट आफ्नो क्षमता उजागर गर्नुपर्ने बताउनु भयो । उहाँले ध्यान गर्दा आफूमा शान्तिको महसुस भएको बताउदै अबदेखि जनप्रतिनिधि चयन गर्दा योग ध्यान गर्ने व्यक्ति छान्न सहभागीलाई आग्रह गर्नुभयो ।
प्रदेश सरकारका आर्थिक मामिला मन्त्री कुन्दनराज काफ्लेले आफ्नो संस्कार र योग ध्यानलाई जीवन पद्दतिमा सामेल गर्न आग्रह गर्नुभयो ।
चरिकोट रंगशालामा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न कार्यक्रममा संघीय सांसदहररू, प्रदेश सांसदहरू, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू, वडाध्यक्षहरू, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी र विभिन्न पेशाकर्मीसहित तीन हजारबढीको सहभागिता थियो ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल