Birat Post मंगलबार, मंसिर ११, २०८१ मा प्रकाशित

featured photo: Birat Post

मोरङ,११ मंसिर ।
नेपाली काँग्रेस कोशी प्रदेशले सूचना , सञ्चार तथा प्रचार प्रसार विभागलाई पूर्णता दिएको छ ।

यस अघिनै बासु कोइरालालाई संयोजक र पत्रकार शेखर रेग्मीलाई सह संयोजक तोकेको काँग्रेसले मंगलबार पत्रकार कौशल निरौला ( मोरङ), कुमोद अधिकारी ( मोरङ), सुशीला पाठक ( मोरङ) , कमला कडेल ( मोरङ), सुशील शिवाकोटी ( मोरङ), लक्ष्मी गौतम ( पाचथर), सोमनाथ सुसेली ( इलाम ), लीला अनमोल उप्रेती ( झापा), इश्वर अधिकारी ( झापा), अर्जुन राजवंशी ( झापा ), विनय वाराकोटी ( सुनसरी), दिलिप क्षेत्री ( खोटाङ), श्याम राई ( उदयपुर) लाई सूचना , सञ्चार तथा प्रचार प्रसार विभागको सदस्य पदमा मनोनयन गरेको जानकारी सहितको पत्र हस्तान्तरण गरेको छ ।

काँग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले एक कार्यक्रमकाबीच मनोनयन गरिएको पत्र हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै सभापति थापाले पार्टीको संगठन र सुदृढीकरण तथा विस्तारका क्षेत्रमा गरेका कार्यहरुको प्रचार प्रसारमा सञ्चार विभाग एक जिम्मेबार पक्ष बन्ने बताए ।

उनले भदौ महिनामै विभागको जिम्मेबारी तोकी निर्णय भएपनि कार्यव्यस्तताले जिम्मेबारी प्रदान गर्न ढिलाई भएको बताए । थापाले मनोनयन भएका सवैलाई बधाइ तथा कार्यकाल सफलताको कामना समेत गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल