Birat Post मंगलबार, मंसिर २५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२५ मंसिर ।  पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि आजदेखि पर्साको जिल्ला सरकारी वकिल कार्यालयले बयान लिँदैछ । यो उनको बयान दिने पाँचौँ जिल्ला एवं पाँचौँ सहकारी ठगी प्रकरण हो ।

उनलाई सोमबार कास्कीबाट काठमाडौँ हुँदै काठमाडौँबाट सिराहा जहाजमा ल्याएर त्यसपछि गाडीमा वीरगञ्ज ल्याइएको थियो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याइएको जनाएको छ ।

सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।

जीबी राई नेतृत्वको सहकारीहरूबाट ग्यालेक्सी टेलिभिजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरीपछि उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौँ र चितवनमा बयान दिइसकेका छन् । अब उनलाई पर्सामा बयान लिइन लागेको हो ।

रवि कार्तिक २ गते पक्राउ परेका थिए । त्यतिबेलादेखि कास्की प्रहरीको हिरासतमा छन् । त्यस्तै छविराज जोशीलाई पनि वीरगञ्ज ल्याइएको छ । उनलाई गाडीमा वीरगञ्ज ल्याइएको हो । एउटै प्रकरणमा मुछिएका उनी गत असोज ६ गतेदेखि प्रहरीको हिरासतमा छन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल