Birat Post शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ माघ ।
लायन्स क्लब अफ विराटनगर इनोभेटिभले सुनसरीको चकरघट्टी महेन्द्रनगरमा रहेको महेन्द्र माविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

बिहिबार एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको इनोभेटिभकी अध्यक्ष रन्जिता खनाल पराजुलीले जानकारी दिइन् । झण्डै १ लाख बराबरको रकमका सामाग्री र छात्रवृत्री प्रदान गरिएको छ ।

शिशु कक्षादेखि  १२ सम्म प्रथम हुने विद्यार्थीलाई जनही ५१०० सय र ११०० का दरले नगद र कपि,कलम, पेन्सिल, जमेट्रीबक्स,ब्याग लगायतका सामाग्री सहित कदर पत्रले सम्मान गरिएको थियाे । दक्षरूप्पा मित्रलाल घिमिरे स्मृति प्रतिष्ठानका संस्थापक ,उद्यमी तथा लायन भीम घिमिरे र इनोभेटिभकी संस्थापक अध्यक्ष अजिता बरालको विषेश सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।

यस्तै कार्यक्रममा सहभागी आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले लायन्स क्लब अफ विराटनगर इनोभेटिभले गरेका कार्यहरुको प्रशंसा गरेका थिए । उनले सवैको साथ सहयोगबाटै समाजमा राम्रा कामको थालनी गर्न सकिने बताए । शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गर्ने दायित्व राज्यको भएपनि समाजका अगुवा विना यसको सुधार गर्न नसकिने बताए ।

कार्यक्रममा  लायन्स डिष्टिक गभर्नर विकास अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र महतो,प्रधानाध्यापक चण्डीराज पोखरेल,लायन इनोभेटिभकी पूर्व अध्यक्ष जिना श्रेष्ठ , रिता पोखरेल,इनोभेटिभकी उपाध्यक्ष लक्ष्मी घिमिरे लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल