Birat Post आइतबार, फाल्गुण ११, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ फाल्गुन / विराटनगरमा कोशी प्रदेशस्तरीय अन्तरक्याम्पस छात्रा फुटसल प्रतियोगिता सुरु भएको छ । महेन्द्र मोरङ बहुमुखी क्याम्पसको वीवीए कार्यक्रमका विद्यार्थीको आयोजनामा सुरु भएको प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदले मानिसको शारीरिक मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलकुदले मानिसलाई अनुशासित बनाउनुका साथै स्वस्थ जीवनयापनका लागि समेत सहयोग गर्ने उल्लेख गर्नुभयो । स्ववियूको समन्वयमा कोशी प्रदेशभरिका वीवीए अध्ययन हुने क्याम्पसका छात्राहरुले प्रतियोगितामा भाग लिएका छन् । ८ टिम सहभागी प्रतियोगिताका विजेताले २२ हजार २ सय २२ रुपैयाँ, द्वितीय हुने टिमले १२ हजार २ सय २२ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपरलाई २ हजार २ सय २२ रुपैयाँ, सबैभन्दा बढी गोल गर्नेलाई ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारका साथमा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्ले अफ द म्याच, फेयर प्ले अवार्ड पनि प्रदान गरिने आयोजक समितिकी रोनिष्मा पोखरेलले जानकारी दिइन् । कोशी प्रदेशभरिका वीवीए अध्ययन हुने क्याम्पसका छात्राहरुबीच सहकार्य होस् भनेर स्ववियूले प्रतियोगिताको समन्वय गरेको सभापति जसवन्त पौडेलले बताए । प्रतियोगिता सोमबारसम्म सञ्चालन हुनेछ ।

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल