Birat Post बिहिबार, फाल्गुण १५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, १५ फागुन । नेपाली सेनाका अवकाशप्राप्त महासेनानी डा.महेन्द्रजंग शाहले राजसंस्था पुनर्स्थापना अपरिहार्य भइसकेको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेनलाई सम्बोधन गर्दै उनले राष्ट्रवाद र राष्ट्रियताको जग बसाल्ने पृथ्वीनारायण शाहको वंशमा अब देशको शासन सत्ता जानुपर्ने उनले बताए ।

‘पृथ्वीनारायण शाहले नेपाल राज्यको स्थापना गरेकोमा आज त्यसका उत्तराधिकारीलाई यो मुलुकमा शासनाधिकार सम्पन्न गराउनुपर्छ भन्ने हाम्रो दृष्टिकोण रहिआएको छ । राष्ट्रवाद र राष्ट्रियताको जग सिर्जना गरेको बडामहाराज पृथ्वीनारायण शाहको दिव्योपदेशलाई हामीले पृथ्वीपथको रुपमा परिभाषित गरेका छौं,’– उनले भने ।

साथै, श्रेणीविहीन नेताहरुले शासन गरेको कारण आज नेपाल विश्वको सबैभन्दा गरिब देशमा परिणत भएको उनको आरोप छ । आफूहरुले राजसंस्था पुनर्स्थापना गराएरै छाड्ने उनको दाबी छ । ‘हामी राज्यको पुनर्संरचना गर्छौं, राजसंस्थाको पुनर्स्थापना गर्छौं । गणतन्त्रको मूल्याङ्कन गर्छौं, छानविन गर्छौं । हामी यो मुलुकलाई सौर्य, साम्यवादको यात्रामा अगाडि बढाउने प्रतिवद्धताको साथ आम नेपाली दाजुभाइ, दिदीबहिनी आमाबुबालाई यो यात्रामा सहभागी हुन आग्रह गर्न चाहन्छु,’– उनले भने ।

नेपाली सेनाका अवकाशप्राप्त जर्नेल डा.प्रेमसिंह बस्नेतले देशमा अब प्रजातन्त्र र संवैधानिक राजतन्त्र अपरिहार्य बन्दै गएको बताए । उनले अब शाह वंशीय राजतन्त्र नभइ नहुने बताए । उनले नेपाली सेनाका पूर्वप्रधान सेनापतिहरुलाई अब बाहिर निस्कन आग्रह गरे । ‘यो देशमा अब फक्रिएको प्रजातन्त्र, संवैधानिक राजतन्त्र, सनातन हिन्दु धर्म चाहिन्छ, चाहिन्छ । हामी खत्तम भयौं, हाम्रो धर्म, संस्कृति र देश बेचे यी तीन चार वटा टाउकाले,’– बस्न्यातले भने ।

नेपाली सेनाका अवकाशप्राप्त मेजर थमन बस्नेतले अहिले देश प्रश्रव पीडामा रहेको आफूले महशुस गरेको बताए । नेपालको यो अवस्था आउनुमा गणतन्त्रका शासकहरु जिम्मेवार रहेको उनको भनाइ छ । उनले गणतन्त्रलाई आयतित व्यवस्थाको संज्ञा दिए । नेपाललाई माया गर्ने पृथ्वीनारायण शाह र उनका सन्ततीहरुलाई बाइपास गरेर देशको प्रगति हुने कुरामा आफूहरुलाई विश्वास नरहेको उनले बताए ।

‘अहिलेको यो दुर्जन व्यवस्था छ । यसको विरुद्धमा राजाबाट आह्वान पनि भएको छ । यसलाई मनन गर्दै साह्रा देशवासीले एक भएर अगाडि नबढे देशले अझै ठूलो नोक्सान बेहोर्ने छ,’– उनले भने ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल