Birat Post बिहिबार, चैत्र २१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले अहिलेको संविधान भित्रै रहेर सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका–१ मा निर्माण गर्न लागिएको बुढीगंगा पार्कको आज शिलान्यास गर्दै उनले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको चर्चा गरे । कोइरालाले कुनै प्रकारको हिंसा, आतंक तोडफोड, आगजनी नेपाली कांग्रेसलाई स्वीकार्य नहुने प्रष्ट पारे ।

नेता कोइरालाले गत शुक्रबार काठमाडौंमा भएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्नेमा समेत जोड दिए । नेपाली जनतालाई विश्वास दिलाउन छानबिन समिति बनाएर सो घटनाको जति सक्दो चाँडो सरकारले छानबिन गर्नुपर्ने उनको भनाइ थियो ।

उनले यो व्यवस्थालाई बलियो र दिगो बनाउन राजनीतिक दलहरू पनि सुध्रनु जरुरी रहेको बताए । उनले अहिलेको अवस्थामा राजनीतिक दलहरूले आफूलाई सुर्धादै जनताका मन जित्न सक्नुपर्नेमा जोड दिए ।

नेता कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा संविधान संशोधन, सुशासन, आर्थिक विकास, सुशासन तथा रोजगारी सृजना गर्ने कुरा गरेपनि त्यसो हुन नसेको बताए । जति सक्दो चाँडो आफूले गरेको प्रतिबद्धता पुरा गर्ने तर्फ दलहरूको ध्यान जानुपर्ने कोइरालाको भनाई थियो ।

उनले नेपालमा कृषि, जलविद्युत, जडीबुटी तथा पर्यटनको प्रशस्त सम्भावना रहेकाले त्यसको उचित सदुपयोग गरेर युवाहरूलाई स्वरोजगार बनाउँदै नेपाल नेपाली जनतालाई सुखी र सम्वृद्धि बनाउन सकिने बताए ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल