Birat Post बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १७ वैशाख । कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते आयोजना गर्न लागेको लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको घोषणा गरेको छ।

प्रदेश लगानी प्राधिकरणले तयारी पूरा भएको जनाएको हो । प्रदेश सरकारको पहलमा पहिलोपटक आयोजना हुन लागेको यस लगानी सम्मेलनको माध्यमबाट आन्तरिक तथा बाह्य लगानीकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइरालाका अनुसार सम्मेलनमा कृषि, पर्यटन, उद्योग, ऊर्जा, पूर्वाधार लगायतका क्षेत्रका ७१ परियोजना प्रस्तुत गरिनेछ, जसको कुल अनुमानित लगानी लागत करिब १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ।

सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाउँदै प्राधिकरणले विभिन्न देशका दूतावास, अन्तर्राष्ट्रिय विकास साझेदार, नेपालका उद्योगपति तथा प्रवासी नेपालीहरूलाई समेत सम्मेलनमा आमन्त्रण गरिएको जनाएको छ।

प्राधिकरणका अनुसार लगानीको वातावरण निर्माण गर्न आवश्यक कानुनी संरचनाको अध्ययन, सरलीकरण तथा लगानीमैत्री नीतिहरूको संशोधन प्रक्रिया सुरु गरिएको छ। सम्मेलनमा चीन, भारत, अमेरिका, दक्षिण कोरिया लगायतका देशका प्रतिनिधि सहभागी हुनेछन्।

लगानी सम्मेलन सफल बनाउन ‘प्री मिट’ र ‘फ्लोअप मिटिङ’ समेत आयोजना गरिएको छ। सहभागीहरूलाई लगानी प्रक्रिया तथा नीतिहरूको बारेमा जानकारी दिने उद्देश्यले ‘प्ल्याटफर्म मिटिङ’ समेत आयोजना गरिनेछ।

लगानी सम्मेलनमार्फत प्रदेशको समृद्धि र पूर्वाधार विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै डा। कोइरालाले सम्मेलन सफल बनाउन सबैको सक्रिय सहभागिता अपेक्षित रहेको उल्लेख गरेका छन्।

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने बताईएको छ।

सम्बन्धित

ताजा अपडेट
विराट ट्रेड एक्स्पोमा पर्यटन छलफल: कोशीमा अपार सम्भावना, समन्वय र ब्रान्डिङमा जोड
नेता कार्यकर्ताहरूलाई फर्किन कांग्रेसको आह्वान
काठमाण्डौं विश्वविद्यालयको ”ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स” अब एस्पायर कलेजमा अध्यापन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल