Birat Post शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित

featured photo: Birat Post
विराटनगर,१९ वैशाख  / आज कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा साना पाइला मोरङ र रोटरी क्लब अफ विराटनगर सेंट्रलको आयोजनामा एक दिने निःशुल्क डेन्टल तथा मेन्टल हेल्थ सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कोशी प्रदेश प्रहरी अस्पताल इनरुवासँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा २७० जना प्रहरी कर्मचारीहरूको निःशुल्क दाँत तथा मुख परीक्षण गरिनुका साथै सबैलाई निःशुल्क टुथपेस्ट र ब्रस वितरण गरिएको थियो।
स्वास्थ्य शिविरमा कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्र.ना.उ. डा. सरोज सिंह, साना पाइला मोरङकी अध्यक्ष तथा दन्त रोग विशेषज्ञ डा. मीरा आचार्य, नेपाल डेन्टल एशोसिएसन मोरङकी उपाध्यक्ष डा. निमीसा दास तथा मानसिक रोग विशेषज्ञ डा. सविता खड्का सहितको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो।
कार्यक्रममा तालिम केन्द्रका निमित्त समादेशक प्र.ना.उ. गुरुप्रसाद तिम्सिना, प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बु, प्रशिक्षकवर्ग तथा आधारभूत तालिममा रहेका प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो। सोही अवसरमा साना पाइला मोरङकी अध्यक्ष डा. आचार्यले तालिम केन्द्रका निमित्त समादेशक प्र.ना.उ. तिम्सिनालाई क्यान्सर सम्बन्धि तथा नेपाल सरकारको स्वास्थ्य बिमा सम्बन्धि जनचेतना फैलाउने उद्देश्य सहितको सन्देशमूलक व्यानर पनि हस्तान्तरण गरिन् ।
यस प्रकारका स्वास्थ्य शिविरले प्रहरी कर्मचारीहरूको स्वास्थ्य स्तर सुधार गर्नुका साथै स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित

ताजा अपडेट
विराट ट्रेड एक्स्पोमा पर्यटन छलफल: कोशीमा अपार सम्भावना, समन्वय र ब्रान्डिङमा जोड
नेता कार्यकर्ताहरूलाई फर्किन कांग्रेसको आह्वान
काठमाण्डौं विश्वविद्यालयको ”ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स” अब एस्पायर कलेजमा अध्यापन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल