Birat Post बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २५ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो ।

आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । अदालतमा प्रस्तुत हुँदै मिश्रले न्यायाधीशसमक्ष आफूमाथि राज्यले पुनः “कालो टिका“ लगाएको आरोप लगाए ।

“आज ४२ औं दिन हो, राज्यले फेरि मेरो निधारमा तेस्रो कालो टिका लगायो,“ मिश्रले भने, “पहिला ४१ दिन राज्यविरुद्धको कसुर र संगठित अपराधको टिका लगाएर हिँडेँ। अब आपराधिक उपद्रवको आरोप थपिएको छ।”

उनले थपे, “यो टिका पुछ्ने अधिकार र निष्ठा यो न्यायालय र सम्माननीय बेञ्चमा छ भन्ने विश्वास व्यक्त गर्छु।” राजधानीको तीनकुने गत चैत १५ गते भएको हिंसात्मक घटनालाई लिएर मिश्र पक्राउ परेका थिए ।

सम्बन्धित

ताजा अपडेट
‘गोरखापत्र नेपाली पत्रकारिताको अभिभावक’
रवीन्द्र मिश्रमाथि थपियो आपराधिक उपद्रको मुद्दा
राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन घोषणा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल