Birat Post बिहिबार, जेठ ०२, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,१ जेष्ठ। नेपाल राष्ट्रिय शिक्षक संगठनले हालै विभिन्न जिल्लामा भएका शिक्षकहरूको सरुवाप्रति आपत्ति जनाएको छ ।

संगठनले जारी गरेको एक प्रेस विज्ञप्तिमा १५८ जना शिक्षकलाई पूर्वाग्रह राखी सरुवा गरिएको घटनालाई ‘पूर्वाग्रही, अराजक र शिक्षक ट्रेड युनियन आन्दोलनलाई कमजोर पार्ने नियोजित प्रयास’ भनेको हाे ।

संगठनका अनुसार, नेपाल शिक्षक महासंघद्वारा गत चैत्र–वैशाख महिनामा सञ्चालन गरिएको आन्दोलनमा सहभागी शिक्षकहरूलाई बदनियतपूर्ण तरिकाले सरुवा गरिएको र कतिपय विद्यालयका प्रधानाध्यापकहरूको अन्यायपूर्ण हेरफेर गरिएको छ।सरुवा गरिएका केही शिक्षकहरु नेताहरुको चर्को आलोचक समेत थिए । उनीहरुलाई रिसिबी साध्ने काम गरिएको छ ।

संगठनको राष्ट्रिय कार्यालयमा प्राप्त विवरणअनुसार, सप्तरी, सुरुङ्गा नगरपालिकामा १४ जना शिक्षकको सरुवा र प्रधानाध्यापकको हेरफेर भएको छ । यसैगरी, सर्लाहीको मलङ्गवा नगरपालिकामा ४५ जना, धादिङको बेनीघाट रोराङ गाउँपालिकामा ५५ जना र गजुरी गाउँपालिकामा २४ जना शिक्षकलाई सरुवा गरिएको छ। सोलुखुम्बुको दुधकुण्ड नगरपालिकामा आन्दोलनबाट फर्किएका २० जना शिक्षकलाई सरुवा गरिएको र प्रधानाध्यापकलाई घटुवा गरिएको संगठनले जनाएको छ।

संगठनका महासचिव हंसबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो कार्यशैलीले शिक्षक समुदायमा मानसिक त्रास सिर्जना गरेको र शिक्षण–सिकाइको वातावरणमा नकारात्मक असर परिरहेको उल्लेख छ।

संगठनले अवैधानिक सरुवा र घटुवालाई तत्काल खारेज गरी शिक्षकहरूलाई पुरानै अवस्थामा फर्काउनुपर्ने, शिक्षकहरूको मनोबल कमजोर पार्ने कुनै पनि कार्य नगर्न सबै स्थानीय तहलाई सचेत गराउनुपर्ने र शिक्षा क्षेत्रको स्थायित्व, सम्मान र गुणस्तरका लागि संगठनसँग सहकार्य गर्नुपर्ने तीनबुँदे मागसमेत राखेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल