Birat Post बिहिबार, जेठ ०९, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ८ जेष्ठ / गणतन्त्र दिवसकै दिन पारेर  राजावादी समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आन्दोलन घोषणा गरेसँगै यसबारे चर्चा–परिचर्चा हुँदै आएको छ भने उक्त समूहले अहिले आन्तरिक तयारीलाई तीव्रता दिइरहेको छ ।

पूर्वपञ्च सुवेदीको नेतृत्वमा गत चैत ४ मा पहिलो पटक राजसंस्था पुनर्स्थापनाका लागि भन्दै समिति घोषणा गरिएको थियो । राजावादी समूहले त्यसअघि राजधानीमा गरेको प्रदर्शनमा देखिएको जनसहभागिताबाट उत्साहित भएर सुवेदीको नेतृत्वमा समिति घोषणा गरिएको थियो ।

संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्यको पुनर्स्थापना तथा संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रणको नारासहित घोषित समितिले चैतदेखि नै आन्दोलनलाई निरन्तरता दिने प्रयास गरेको थियो । तर, चैत १५ मा राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनेसँगै आन्दोलन शिथिल बन्न पुगेको थियो । सुवेदी नेतृत्वको समितिको समर्थन तथा दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानको अगुवाइमा भएको उक्त प्रदर्शनमा दुई जनाको मृत्यु हुनका साथै तोडफोड, आगजनी र लुटपाटको घटनासमेत भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
आन्दोलनमा सहभागी नेता तथा कार्यकर्ताहरु पक्राउ परेसंगै राजावादीहरु थप आक्रामक
राजाबादी आइलाग्छन् भने ईटको जवाफ पत्त्थरले दिने हो : प्रचण्ड
राजावादीहरुद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल