Birat Post आइतबार, जेठ ११, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर११ जेष्ठ  : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको १० वर्ष पूरा भएको सन्दर्भमा राज्यका सबै प्रणालीको समीक्षासँगै सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्।

आज विराटनगरमा पत्रकारहरुसँग कुरा गदैं नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)को सहमतिले मात्रै संविधान संशोधन गर्न सम्भव नरहेको भन्दै संविधान संशोधनका निम्ति प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेश सरकारको पनि सहमति आवश्यक भएको बताए।

जनतामा नैराश्यता बढ्न नदिन सुशासन, सेवा प्रवाहका साथै देशको विकास– निर्माणलाई केन्द्रमा राखेर राज्य संयन्त्रले इमानदारीपूर्वक काम गर्नुपर्नेमा सांसद सिटौलाले जोड दिए। देश र जनतालाई प्राथमिकतामा राखेर राजनीतिक दलहरुले आफूलाई आन्तारिक लोकतन्त्रसहित व्यवस्थित गर्नुपर्ने सुझाव दिँदै उनले लोकतन्त्रमा विपक्षीका आवाज सबैले सुन्नुपर्ने बताए।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बताउन सबै राजनीतिक दलका नेताले जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने उनको भनाइ छ। संवैधानिक निकायको अनुसन्धानमा रहेको विषयलाई लिएर गृहमन्त्रीले राजीनामा गर्ननपर्ने भन्दै उनले नेपाली कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरमा हुनसक्ने बताए।

सांसद सिटौलाले जनमत सङ्ग्रह र हिन्दू राष्ट्र कायम गर्ने विषय संसद्मा छलफल हुनुपर्ने धारणा व्यक्त गरे।सडक र सामाजिक सन्जालको जनआक्रोस संवोधन गर्न दलहरु सजग बन्नुपर्ने बताए । राजावादी आन्दोलन निर्णयार्थमा नपुग्ने र त्यस्ता कुरामा धेरै टिप्पणी नगर्ने सिटौलाले बताए । पत्रकार भेटघाट कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली,कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सातै प्रदेशले ल्याए बजेट, कुनको कति ?
७ वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै
आजको मौसम : भारी देखि धेरै भारी वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल