Birat Post बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गल्ती सच्याई उज्ज्वल भविष्य निर्माणमा सहभागी बन्न आग्रह गरेका छन् । उनले सामाजिक सन्जाल फेसवुकमा लेखेका छन्,”२०६५ जेठ १५,षड्यन्त्रपूर्वक राष्ट्रिय एकताको प्रतीक राजसंस्था पाखा लगाइएको कालो दिन‌, २०८२ जेठ १५,हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको संकल्पसहित जनआन्दोलन शुभारम्भको दिन, आज दिउँसो रत्नपार्क जाऔँ,२०६५ को गल्ती सच्याई उज्ज्वल भविष्यको निर्माणमा सहभागी बनौँ,
नेपालको जय होस् ।”

यस्तै बिहिबार बिहान पत्रकारसंग कुरा गर्दै थापाले आज जेठ १५ गतेदेखि हुने आन्दोलन निर्णायक हुने दाबी गरेका छन् । सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आन्दोलन गर्न लागिएको बताए । राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्त हुन, हिन्दु राष्ट्र र राजसंस्थाको पुनस्थापना गर्न र संघीयताको खारेजी तथा सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ विगत लामो समयदेखि हामी निरन्तर संघर्षमा रहँदै आएका छौ । देशका विभिन्न जिल्लाहरुमा र काठमाडौं केन्द्रीत विरोध प्रदर्शन एवम संघर्षका कार्यक्रमहरु सञ्चालन गरिरहेका हौं ।’

यस्तै, उनले आन्दोलन कुनैपनि दल वा सरकारको विरुद्धमा नभइ देशमा १८ वर्षदेखि कायम रहेको भ्रष्ट व्यवस्था र शासनबाट मुक्तिका लागि भएको पनि बताए ।

 

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल