Birat Post शुक्रबार, जेठ १७, २०८२ मा प्रकाशित

featured photo: Birat Post

मोरङ १६ जेष्ठ। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई कोशीका उद्योगी व्यवसायीले सकारात्मकउन्मुख रहेको बताएका छन्

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बजेटलाई सकारात्मक रुपमा लिएको जनाएको छ। महासंघका अध्यक्ष राजेन्द्र राउतले सरकारको कृषि क्षेत्रलाई प्रवर्द्धन गर्ने योजनाले कृषक र उद्योगीलाई उत्साहित बनाउने बताए।

कृषितर्फ धानको उत्पादन बढाएर चामलमा आत्मनिर्भर हुने विषयलाई सरकारले प्राथमिकतामा राखेको जनाउँदै अध्यक्ष राउतले युवा उद्यमीलाई ३ प्रतिशतको ब्याजमा ऋण दिने र १० करोडभन्दा माथिको व्यवसाय गर्ने स्टार्टअपलाई पाँच वर्षसम्म आयकर छुट दिने विषय पनि नयाँ उद्यमीका लागि सुखद हुने बताए।

आर्थिक मन्दीबाट प्रताडित बन्दै आएका होटल व्यवसायीका लागि सरकारले राहत दिने प्रावधान गरेको बताउँदै उनले होटल र रिसोर्टमा लाग्ने विद्युत महसुलमा छुट र सूचना प्रविधि र होटल उद्योगलाई करमा दिइने छुटले सहजता दिने बताए। उनले एक्जिम कोडमा लाग्दै आएको बैंक धरौटी खारेजीलाई पनि सकारात्मक रुपमा लिनुपर्ने बताए ।

त्यसैगरी, उद्योगी तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजुले भन्सार जाँचपासका लागि एक्जिम कोड लिन धरौटी राख्नुपर्ने व्यवस्था हटाएको, खाद्यान्न आयातमा अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था हटाउनु बजेटको राम्रो पक्ष भएको उल्लेख गरेका छन्।

वैदेशिक लगानीका लागि सरकारले कमाएको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्थाले समेत विदेशमा लगानी गर्न चाहने नेपाली व्यवसायीलाई अवसर दिएको उनले बताए।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाले निजी क्षेत्रको मागअनुसार बजेट आएको बताए। उनले सूचना प्रविधि, पर्यटन उद्योगलाई उत्साहित बनाउने नीति बजेटले समेटेका हुँदा समग्रमा बजेट सकारात्मक भएको बताए। यद्धपि, कर बढाएर राजश्व बढ्छ भन्ने पक्षमा उद्योगीहरु नरहेको उनको भनाइ छ।अर्कोतर्फ, व्यवसायीले बजेटले विराटनगरको विकासमा खासै चासो नदिएको बताएका छन्। विराटनगर–१९ मा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई बाहेक ठूलो आकारमा बजेट नभएको उनीहरुको भनाइ छ।

यस्तै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले योजना छनौट र बजेटको प्रकृति हेर्दा खासै राम्रो रिजल्ट नआउने होकी भन्नेमा आफु रहेको बताए । सरकारले औद्योगिक ग्राम,प्रदर्शनी स्थलका विषयमा बोलेको छैन । निरासाजनक त नभनौ आर्थिक संकटका बेला अपनाउनुपर्ने विधि अपनाइएन ।

यस्तै उद्योगी नन्दकिशोर राठीले कृषि,पर्यटनका क्षेत्रमा गर्न खोजिएको फोकसलाई आफुलाई राम्रो लागेको बताए । यस्तै महिला,बालबालिका ता शिक्षाका क्षेत्रमा गर्न खोजिएका काम पनि राम्रा छन् । यद्यपी उद्यमी र उद्योग क्षेत्र तथा आर्थिक संकटबाट निस्कनेगरीका कुनै कार्यक्रम नदेखिएको राठीले बताए ।

सम्बन्धित

ताजा अपडेट
स्कटल्यान्डले नेपाललाई दियो २९७ रनको लक्ष्य
दिवंगत राजपरिवारको सम्झनामा दीप प्रज्वलन,हिमानी, हृदयेन्द्रसहित राजाबादीको बाक्लो उपस्थिती
आन्दोलनमा सहभागी नेता तथा कार्यकर्ताहरु पक्राउ परेसंगै राजावादीहरु थप आक्रामक

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल