Birat Post शुक्रबार, जेठ १६, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, १६ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राज्यले उपलब्ध गराउँदै आएको सुरक्षा (सेक्युरिटी) संयन्त्र फिर्ता बोलाउनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रचण्डले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पूर्वराजालाई प्रदान गरिँदै आएको सुरक्षा टोली फिर्ता गर्न सुझाव दिएको बताएका हुन् । सामान्य नागरिकको हैसियतमा देशमै बस्छु भनेको मान्छेलाई राज्यको त्यति ठूलो संख्यामा सुरक्षा संयन्त्र खटाउन आवश्यक नरहेको प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले पहिला पूर्वराजाको लागि उपलब्ध गराइएको सुरक्षा संयन्त्र फिर्ता बोलाइनुपर्ने, उनको हुङ्कार नरोकिएको खण्डमा नजरबन्दमा राखिनुपर्ने र नजरबन्दमा राख्दा पनि राजावादी भनिएकाहरुले संविधानको भावना र मर्मविपरीतका गतिविधि गर्दै गएको खण्डमा जेल हाल्नेसम्म गरिनुपर्ने बताए ।

‘मैले त प्रधानमन्त्रीलाई अस्ती पनि सुझाव दिएको थिएँ– पहिला उनलाई दिएको सेक्युरिटी झिकिदिनुपर्छ । अनावश्यक बेकार काम न काजसँग एउटा मामुली नागरिक भनेर जनताले राखेको मान्छेलाई किन दिनुपर्यो सेक्युरिटी ? पहिला सेक्युरिटी झिक्दिनुपर्छ उनको । त्यतिगर्दा पनि मै हुँ भन्छन् भने अगाडि बढेर कारबाहीको दायरातिर ल्याउनु पनि पर्ने हुनसक्छ । दोस्रो नजरबन्दमा राख्ने हुनसक्छ । तेस्रोमा जरुरी पर्यो भने जेल हाल्ने पनि हुनसक्छ नि,’– उनले भने ।

सम्बन्धित

ताजा अपडेट
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक : डा.शेखर कोइराला
भोलि विराटनगर क्षेत्रभित्र सार्वजनिक विदा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल