काठमाडौं २७ जेष्ठ । अलराउण्डर आरिफ शेखको अर्धशतकमा आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन जोडेको हो । आरिफले ८५ बलमा ७ चौका र २ छक्काको मदतमा सर्वाधिक ८४ रन जोडे । ओडिआई करियरमा आरिफको यो नवौं अर्धशतक हो ।
त्यसअघि भीम सार्की र कप्तान राेहित पाैडेलले समान ३५/३५ रन जाेडे । दिपेन्द्र सिंह ऐरीले १६ रन जाेडे ।नेपाल आज जित दर्ता गर्दै सिरिजको सुखद् अन्त्य गर्न चाहन्छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्समाथि ५ विकेटको जित निकालेको थियो । हालसम्म सिरिजमा ३ खेल खेलेको नेपालले स्कटल्याण्डसँगको पहिलो खेल जित्दा आइतबार भने २ रनको हार व्यहोरेको थियो । यता नेदरल्याण्ड्स भने सिरिजमा जितविहीन छ ।