Birat Post शनिबार, जेठ ३१, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, ३१ जेष्ठ  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वीरतापूर्वक आत्मसमर्पण गरेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैै नेता लिङ्देनले भिजिट भिसा प्रकरणमा प्रचण्ड वीरतापूर्वक र बहादुरीका साथ पछाडि हटेको बताएका हुन् ।

‘यो १७÷१८ दिनदेखिको नाटक जुन हामीले देखिराखेका छौं । प्रमुख प्रतिपक्षी दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको सुन्न पाइयो । वीरतापूर्वक, बहादुरीका साथ पछाडि हटेको सुन्न पाइयो । यो हुने नै यही थियो । उहाँले भन्नुभयो– गणतन्त्रको रक्षाको लागि । गणतन्त्रको रक्षाको लागि होइन, लुटतन्त्रको रक्षाको लागि यो समझदारी भएको भन्ने कुरा आम जनताले बुझिरहेका छन्,’– उनले भने ।

देशमा रोजगारी नपाएर विदेशिने युवाहरुको भावनाको शोषण गर्दै दैनिक रुपमा भिजिट भिसामा जाने मानिसहरुबाट ५० लाख असुल गरेर माथिल्लो तहमा जान्थ्यो भन्ने कुरा आइरहेको र राजनीतिक तहको संलग्नताविना यो तहको काम हुन नसक्ने उनले बताए । नेता लिङ्देनले यो विषय गम्भीर रहेको उनले बताए । एमसीसी पास गर्ने बेलामा भएको व्याख्यात्मक टिप्पणी र अहिले सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच भएको सहमति पनि एमसीसीको सन्दर्भमा भएको व्याख्यात्मक टिप्पणीजस्तै रहेको उनले बताए ।

देशमा कुन प्रकारको लुट रहेको रहेछ भन्ने कुराबाट जनता अब अनभिज्ञ नरहेको उनले बताए ।

सम्बन्धित

ताजा अपडेट
सातै प्रदेशले ल्याए बजेट, कुनको कति ?
७ वटै प्रदेश सरकारले आज बजेट ल्याउँदै
आजको मौसम : भारी देखि धेरै भारी वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल