Birat Post बुधबार, आषाढ ०४, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ४ असार । सुनचाँदी व्यवसायीले आजदेखि सुनचाँदी पसल खुला गर्ने भएका छन् । कर र भ्याट खारेजीको माग गर्दै एक साता अघिदेखि सुनचाँदी पसल बन्द गरेर विरोधका कार्यक्रम गर्दै आएका व्यवसायीले प्रधानमन्त्री के.पी.शर्मा ओलीसँग भेट गरेपछि कारोबार शुरु गर्ने सहमति गरेका हुन् ।

सरकारले सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याटको व्यवस्था गरेपछि व्यवसायी आन्दोलनमा थिए । मंगलबार भएको भेटमा प्रधानमन्त्रीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न लाग्ने प्रतिबद्धता जनाएका छन् ।

व्यवसायीले विलासिता कर लागु गर्दा सुनचाँदी व्यवसाय धराशायी हुने भएकाले पुनर्विचार गर्न माग गरेका हुन् । विलासिता कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायीले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले पनि खारेज गर्न व्यवसायीले माग गर्दै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल