काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो ।
गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । कूल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेट भएको बताइएको छ ।यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४८ हजार विद्यार्थीले ३.६ भन्दा धेरै जीपीए ल्याएका छन् ।एसईईको परिणाम गत वर्षभन्दा सुधार पनि भएको छ । पोहोर ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ६१.८१ पुगेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योगका लागि आवेदन दिन सकिने बताएको छ । प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको बोर्डले जनाएको छ ।