मोरङ,१६ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ ।
वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य अमृत अर्याल,जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साह र रेडक्रस मोरङका सभापति सुकदेव मण्डलले सम्युक्तरुपमा सुभारम्भ गरेका छन् । त्यस क्षेत्रमा बस्ने स्थानियलाई प्रत्येक वर्ष बाढिले सताउने गर्दथ्यो । रेडक्रसले स्थाइ समाधानका लागि ड्याम निर्माण गरी त्यसमाथी वृक्षारोपण गरिरहेको छ । कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याले बृक्षारोपण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन र त्यसको संरक्षणका लागि जुट्न स्थानियलाई आग्रह गरे । उनले हरेक विकास निर्माण तथा कार्यक्रममा स्थानियको सचेतताले काम गर्ने बताए । उक्त स्थानमा बाढिजन्य समस्या समाधान गर्न आफुले पहलकदमी लिने बताए । यस्तै जहदा १ र २ लाई जोड्नेगरी पुल निर्माण गर्ने प्रतिवद्धता जनाए ।
यस्तै जहदाँ गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले बृक्षारोपण कार्यक्रमले नदीजन्य कटान रोक्न सक्नेमा आफु विस्वस्त रहेको बताए । उनले नदी छेउछाउमा हुने बहाव रोक्न पनि वृक्षारोपण गर्नुपर्ने बताए । जहदाँ विकास निर्माणका काममा पिछडिएको हुदा प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहने औल्याए । यस्तै रेडक्रस मोरङका सभापति सुकदेव मण्डलले खोलाको कटानवाट स्थानियलाई जोगाउन यो कार्यक्रम ल्याइएको बताए । आवश्यकता र पिछडिएको स्थानलाई तार्गेट गरेर रेडि कार्यक्रम मार्फत कार्यक्रम भइरहेको जानकारी दिए । कार्यक्रममा रेडक्रस मोरङका उपसभापति मन्दिरा गुरागाई,कोषाध्यक्ष केदार बहादुर थापा,पत्रकार महासंघ मोरङ अध्यक्ष सुशिला पाठक लगायतको सहभागिता रहेको थियो ।