Birat Post बिहिबार, आषाढ १९, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने र छानबिनको सहजीकरणको लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग कायमै राखेको छ । रास्वपाको सचिवालय बैठकमा पार्टीले लिएको अडान बारे छलफल भएको र अडान कायम राखी संसद्मा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने निर्णय भएको बताइएको छ ।

त्यस्तै, रास्वपाले संसद्को राज्य व्यवस्था समितिबाट पारित भएको निजामती सेवा विधेयक ‘कुलिङ अफ पिरियड’ मा भएको छेडखानीलाई ‘संविधानले व्यवस्था गरेको संसद्को सार्वभौमिकतामाथि प्रहार’ भनेको छ ।

कानुन बनाउने विधायकी स्वतन्त्र भूमिकामा आँच आउने गरी भएको यस्तो खालको बदमासीपूर्ण छलछामको गतिविधिलाई बेवास्ता नगरी यस कार्यमा संलग्नहरूलाई छानबिन र दोषीमाथि कारबाहीको माग रास्वपाले गरेको छ ।

त्यस्तै, आगामी कार्तिक २७ गते हुने रुपन्देही क्षेत्र नम्बर–३ को उपनिर्वाचनमा रास्वपाको तर्फबाट योग्य उम्मेदवार छनोट गर्नका लागि पार्टी सचिवालय बैठकमा पेस भएको उम्मेदवार छनौट विधिमासमेत छलफल भएको थियो । बैठकमा प्राप्त सुझावहरू समेतलाई समेटेर आगामी आइतबार हुने सचिवालय बैठकमा उम्मेदवार छनौट कार्यविधि अनुमोदनको लागि प्रस्तुत गर्ने निर्णय भएको बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल