Birat Post आइतबार, आषाढ २२, २०८२ मा प्रकाशित

featured photo: Birat Post

मोरङ, २२ असार । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले सञ्चारकर्मीले समाजमा पछाडि परेका समुदायको उत्थानमा कलम चलाउनु पर्ने बताएका छन् ।

‘नारदमुनि पवित्रादेवी लुईटेल स्मृति कोष’द्वारा आज यहाँ आयोजित झीलकुमारी लुईटेल स्मृति पत्रकारिता पुरस्कारबाट मोरङस्थित बिबिसीका समाचारदाता विक्रम निरौलालाई नगदसहित सम्मान गर्दै सभामुख विष्टले बालविवाह, महिला हिंसा, छुवाछुथ प्रथा र दाइजो प्रथा अन्त्यका लागि समाजमा समाचारको माध्यमबाट जनचेतना फैलाउनुपर्ने सुझाव दिए ।

सभामुख विष्टले लुईटेल परिवारले यस क्षेत्रमा स्वास्थ्य, शिक्षा एवम् विकासमा महत्वपूर्ण योगदान गरेका कारण उनीहरुको सम्झना पछिसम्म रहिरहने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जनप्रतिनिधिले गरेका विकास एवं सामाजिक कार्य राम्रो भए प्रशंसा एवम् नराम्रोको आलोचनात्मक टिप्पणी गरी सुझाव दिन आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्रबहादुर राउतले लुईटेल परिवारको यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।

सो अवसरमा सभामुख विष्टले छात्रपति लुईटेल निवृत्त शिक्षक सम्मानबाट शिवबहादुर अधिकारी तथा जेहेन्दार छात्रवृत्तितर्फ रोजिना गच्छदार र आयुश रक्त्वेलाई नगदसहित सम्मान गरेका थिए । सभामुख विष्टले सोही अवसरमा छत्रपत्रि लुईटेल स्मृति ग्रन्थ पुस्तक विमोचन समेत गरे ।

सम्बन्धित

ताजा अपडेट
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा
‘नारदमुनि पवित्रादेवी लुईटेल स्मृति कोष’द्वारा पत्रकार विक्रम निरौला सहित ५ जना सम्मानित
भोजपुर हत्याकाण्ड : मृतक सबैको शव परीक्षणका लागि सदरमुकाम लगियो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल