विराटनगर,१९ साउन ।
विराटनगरमा ३१ फिटको काँवर घुमाएर शिव मन्दिरमा जल चढाइएको छ । विराटनगर- ८ भगवती बट्केश्वर महादेव थानगाच्छीवाट कामरु उठाएर नगरका विभिन्न भागको परिक्रमा गरि स्थानीय बासुकीनाथ मन्दिर र वनस्खण्डी मन्दिरमा जल अर्पण गरिएको थियो ।
संघीय सांसद योगेन्द्र मण्डल, कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले कार्यक्रमको शुभारम्भ गर्नका साथै तीनवटै शिव मन्दिरमा काँवरमा राखिएको घडासहितको जल अर्पण गरेका थिए । सदाका वर्षहरुझै काँवर (कामरु) लिएर नगर परिक्रमा गदै शिवशक्तिपिठमा जल अर्पण गरिएको मन्दिर समितिका अध्यक्ष तथा आयोजक राघव सहनीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेता द्धय मण्डल र पराजुलीले सनातन धार्मिक उन्नयनमा युवा पुस्ताको सक्रियता र चासोलाई आफुहरुले उपलव्धिकोरुपमा लिएको बताए । ऐतिहासिक धार्मिक स्थल,जल,जमिन र तिनको स्वामित्व रक्षामा लाग्न पनि आग्रह गरे । यस्तै आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले ब्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजाआराधना गरिन्छ । आजको दिनमा महिलाहरूले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु सुधिर रेग्मी, विनायक पन्त,राजकुमार मण्डल, अविशेक गिरी,विराटनगर-८का वडाध्यक्ष राम पोखरेल लगायतको सहभागिता रहेको थियो ।