Birat Post बुधबार, साउन २८, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ साउन । नेपाली कांग्रेस विराटनगर -४ ले क्रियाशिल सदस्यताको प्रमाणपत्र वितरणलाई अभियानकैरुपमा अगाडि बढाएको छ । बुधबार इक्राई चोकवाट नेपाली कांग्रेसका वडा सभापति राजकुमार तवदारले क्रियाशिल सदस्यताको प्रमाणपत्र हस्तान्तरण गर्दै कार्यक्रम अभियानकैरुपमा अगाडि बढाइएको जानकारी दिए ।

सभापति तवदारले भने,”सदस्यता वडा कार्यालयवाटै वितरण गर्दापनि हुने थियो तर क्रियाशिल सदस्यहरु संगको सामिप्यता बढोस् भन्ने उदेश्यकासाथ कार्यक्रम तय गरिएको हो ।” वडा सचिव राजेन्द्र भट्टराई राजनले वडाका विभिन्न गाउँ सभापति मार्फत सवै क्रियाशिललाई भेटेर प्रमाणपत्र दिने कार्यक्रम तय भए अनुरुप अगाडि बढेको बताए । ५३९ जना क्रियाशिल सदस्य वडामा रहेका छन् । उनीहरु सवैसंग भेटघाट संगै समस्याका विषयमा जानकारी लिने बताइएको छ ।

कार्यक्रमा नेपाली कांग्रेसका जिल्ला सदस्य देवचन्द्र घिमिरेले क्रियाशिल सदस्यता वितरणका लागि वडाले अपनाएको विधि फलदायी रहेको बताए । क्रियाशिल वडाकारुपमा विराटनगर ४ ले पहिचान बनाउनेमा आफु आशावादी रहेको वताए । कार्यक्रममा सहभागी कांग्रेस क्षेत्रीय सह सचिव केशव गिरिले सम्भवत देशभरमै नमुनाकारुपमा क्रियाशिल सदस्यता वितरण गर्ने वडा हुन सक्ने बताए । पार्टीमा आवद्धहरुलाई जागरण गराउदै क्रियाशिल सदस्यता बाढ्ने कार्यक्रमले अझ सक्रियता थपिने विश्वास व्यक्त गरे ।

कार्यक्रमा नेपाली कांग्रेस वडा न.४ का उपाध्यक्ष अर्जुन चुडाल,सचिव दिलिप चौधरी,टोल सभापतिहरु बलराम यादव,भोलाराम चौधरी,श्यामसुन्दर यादव,कांग्रेसका नेता भोजकुमार अधिकारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल