Birat Post बुधबार, भाद्र १८, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ भदौ ।  कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खनेनसिं हाङ्गामले आफूले सचिव डा.शरणकुमार पाण्डे चडेको गाडीको चाबी खोसेको सन्दर्भमा प्रस्टीकरण दिएका छन् ।बुधवार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रस्टीकरण दिएका हुन् ।सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री हाङ्गामले भने, ‘उहाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारको सहसचिवको रूपमा सरुवा हुनुभयो ।

सहसचिवको रूपमा सरुवा भइसकेपछि, कोशी प्रदेशमा मुख्यमन्त्री कार्यालयमा रहँदा हाम्रो मन्त्रालय, उद्योग, कृषि, सहकारी मन्त्रालयको गाडी, चालक, क्वाटर सबै प्रयोग गर्दै आउनु भो, बाहिर बाहिर हिँड्नु भो, मसँग नभेटेको २० देखि २५ दिन भयो । मन्त्रालयमा उहाँ सचिव कामकाजको रूपमा अहिलेसम्म खटिएको छैन ।’यस्तै, उनले भोली पत्रकार र सर्वसाधारणहरूले पूर्व सचिवले चढेको गाडी, चालक र क्वाटरहरु कस्तो अवस्थामा छ भनेर सोध्यो भने जबाफदेही हुनुपर्ने हिसाबले र आफ्नो मातहतमा रहेको कार्यालय र कर्मचारीमा सुशासन कायम गर्ने हिसाबले उक्त कार्य भएको बताए ।

उनले भने, ‘भोली पत्रकार र सर्वसाधारणहरूले तपाईँको पूर्व सचिवले चढेको गाडी, चालक र क्वाटरहरु कस्तो अवस्थामा छ भनेर सोध्यो भने भन्ने, हिसाबले मेरो मातहतमा रहेको कार्यालय र कर्मचारीमा सुशासन कायम गर्ने हिसाबले पनि मैले जबाफदेही हुनुपर्छ । हाम्रो जिन्सी शाखा शाखामा गाडीको चाबीहरू राख्ने गरिन्छ र त्यहाँ चालकलाई जिन्सी शाखा मार्फत बोलाएर, उहाँलाई चाबी त्यहाँ बुझाएर गाडी हाम्रो मन्त्रालयको परिसरभित्र राखिएको अवस्था हो र कर्मचारीलाई सुशासन कायम गर्नलाई सेवाको हिसाबले सधैँ चुस्त दुरुस्त सेवाको लागि हामीले जहिले निर्देशन दिने गरिन्थ्यो तर कर्मचारीसँग मेरो कुनै पनि किसिमको पूर्वाग्रही ढङ्ग राख्ने र त्यसमा विशुद्धताका साथ हेर्ने चलन छैन ।’

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल