Birat Post बुधबार, आश्विन ०८, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ असोज । धार्मिक अभियन्ता कौशल निरौलाको नेतृत्वमा विराटनगरमा धार्मिक वनस्पति तथा वृक्षारोपण अभियान सुरु गरिएको छ । बुधबार विराटनगरस्थित हस्पिटल मोडमा रहेको गणेश मन्दिरमा धुपी,तुलसी रोपिएको छ ।

अभियानमा सहभागी निरौलाले कोशी प्रदेशका धार्मिक स्थलमा धर्म संग संम्वन्धित रहेका वनस्पति तथा वृक्षहरु रक्तचन्दन,अमला,धुपी,जाई,आक,चम्पा,चमेली,करवीर,कुस लगायतका बोटविरुवा लगाउने अभियान थाल्ने बताए । धार्मिक तथा सांस्कृतिक संरक्षण आवश्यकताको विषय भएकाले युवाहरु एकत्रित भएको अभियन्ताहरुको भनाइ छ । उनीहरुले विराटनगर लगायत विभिन्न धार्मिक मठ,मन्दिर,देवालय,प्राकृतिक ,मौलिक धर्म, संस्कृति, सभ्यताका क्षेत्रमा सहकार्यमुलक सेवा गर्ने जनाएका छन् ।

यो कुनै राजनैतिक दल भन्दा बाहिर रहेर स्वतन्त्ररुपमा काम गर्ने उनिहरुको भनाइ छ । कार्यक्रममा धार्मिक अभियन्ताहरु विकास कार्की,सुरज नेपाल,स्वस्तिका पोखरेल,सोनुकुमार दास लगायतको सहभागिता रहेको थियो । उनले सामाजिक सन्जाल फेसवुकमा पनि लेखेका छन्,”धार्मिक मठ,मन्दिर,देवालय,प्राकृतिक ,मौलिक धर्म, संस्कृति, सभ्यता संरक्षणमा हामी जुट्दै छौ । विराटनगर स्थित गणेश मन्दिरमा धार्मिक बनस्पति रोपेर सुभारम्भ भएको यो कार्यक्रम लिएर तपाईंहरू माझ आउदै छौ ।”

 

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल