Birat Post मंगलबार, आश्विन २१, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,२१ आश्विन । पछिल्लो समय जेनजी आन्दोलनपछि भएको सत्ता उलटफेरको नयाँ राजनीतिक परिस्थितीमा जेनजी समूह र नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु आमनेसामने हुने भएका छन्। अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र आफूलाई जेनजीको अगुवा दाबी गर्ने हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दर्ताको तयारी गरेको छ। हाल अनेरास्ववियुको टोली जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको छ ।

अनेरास्ववियुले जेनजीको आन्दोलनलाई स्वतःस्फूर्त युवा आक्रोशको सट्टा राजनीति प्रेरित र प्रायोजित भएको आरोप लगाएको छ। विशेषगरी, जेनजीको आन्दोलनमा काठमाडौँका मेयर बालेन शाहले देखाएको समर्थन र सुदन गुरुङको संलग्नतालाई लिएर अनेरास्ववियुले गम्भीर प्रश्न उठाएको छ।

उक्त आन्दोलनको क्रममा संसद भवनदेखि सिंहदरबार हुँदै विभिन्न प्रहरी कार्यालयहरूमा व्यापक तोडफोड र आगजनी भएको थियो। प्रदर्शनकारीहरूले सरकारी भवनहरूमा क्षति पुर्‍याएका थिए भने ७७ जनाको मृत्यु भएको थियो । अखिलले बालेन शाह र सुदन गुरुङले सामाजिक सञ्जालमार्फत प्रदर्शनकारीहरूलाई उक्साएको र हिंसालाई प्रोत्साहन दिएको आरोप लगाएको छ।

जेनजी आन्दोलन भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्दको विरोधमा युवा पुस्ताले सञ्चालन गरेको थियो। यो आन्दोलनलाई काठमाडौंका मेयर बालेन शाहले सार्वजनिक रूपमा समर्थन गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत युवाहरूको स्वतन्त्रताको लडाइँ भनेर टिप्पणी गरेका थिए। यस्तै, सुदन गुरुङ त आफैं अहिले जेनजी अगुवा बनेका छन् ।

अखिलले यो कदम जेनजी समूहले आजै आन्दोलनमा मृत्युवरण गरेका र घाइतेहरूका तर्फबाट शीर्ष नेताहरुलाई पक्रन माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेपछि चालेको हो ।

सुदन गुरुङले मंगलबार मात्रै ‘एरेष्ट केपी ओली, एरेष्ट रमेश लेखक एण्ड एरेष्ट मडर्रर’ भन्दै ट्रेण्ड सुरु गरेका छन् । जेन–जी आन्दोलनको क्रममा दमन गर्दा सरकारको नेतृत्वमा एमाले अध्यक्ष केपी शर्मा ओली थिए भने गृह मन्त्रालयको कमाण्ड कांग्रेस नेता रमेश लेखकले सम्हालेका थिए । भदौ २३ र भदौ २४ गतेको घटनाको छानबिनको लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाइएको छ । ओली, लेखकमाथि निगरानी बढाइएको छ तर तत्काल पक्राउ गर्न भने सरकार अन्यौलमा परेको छ ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल