Birat Post बुधबार, आश्विन २२, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २२ असोज
नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल, कोशी प्रदेशका केन्द्रीय सदस्यहरूले जेनजीले गरेको आन्दोलनमाथि राज्यले गरेको दमनको कडा शब्दमा भत्र्सना गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनीहरूले भ्रष्टाचार, अन्याय, र कुशासनविरुद्ध सुशासन र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै भएको शान्तिपूर्ण आन्दोलनमाथि राज्यबाट भएको दमन, धरपकड र गैरराजनीतिक गतिविधिप्रति खेद प्रकट गरिएको छ । सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिलाई गहिराइमा पुगेर घटनाको अनुसन्धान गर्न, दमनमा संलग्न र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पु¥याउनेलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

तरुण दलका सदस्यहरूले देशको राजनीतिक नेतृत्वलाई ‘म्युजिकल चेयर’ जस्तो घुमिफिरी राज्यसत्तामा पुग्ने खेलमा मात्रै सीमित भएको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो दशकदेखि राजनीतिबाट बाहिर निस्कन नसकेको नेतृत्वका कारण अहिलेको निराशाजनक परिस्थिति निर्माण भएको हो । राजनीतिक दलहरूले पार्टी कब्जा गर्ने र विरोधीलाई पाखा लगाउने नीति लिएकाले जनतामा वितृष्णा बढेको छ ।’ उनीहरूले वर्तमान राजनीतिक नेतृत्वलाई पुरानो मानसिकता त्यागेर नागरिकको भरोसा जित्न र नयाँ पुस्ताले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन र पुस्तान्तरणको एजेन्डालाई आत्मसाथ गर्दै मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

विज्ञप्तिमा तरुण दलका सदस्यहरूले आफ्नै पार्टी नेपाली कांग्रेसको नेतृत्वमाथि पनि गम्भीर प्रश्न उठाएका छन् । कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद यही असोज २६ गते सकिने भन्दै उनीहरूले मंसिरमा बस्ने केन्द्रीय समिति बैठकबाट १५औं राष्ट्रिय महाधिवेशनको मिति तोक्न जोडदार माग गरेका छन् । ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनले निर्वाचित गरेको कार्यसमितिको म्याद सकिने यहि असोज २६ गतेबाट सुरु हुने केन्द्रीय समिति बैठकले नेपाली कांग्रेसको पन्ध्रौं राष्ट्रिय महाधिवेशनको मिति तोकेर तल्लो इकाइदेखि केन्द्रसम्म पार्टी रुपान्तरण, पुस्तान्तरणको बाटोमा आफूलाई अग्रसर गराउने सन्दर्भमा विलम्ब नगर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र अधिक जनसहभागितामूलक बनाउन पनि सरकारसँग माग गरेका छन् । तर, निर्वाचनअघि नै मुख्य राजनीतिक दलहरूले मूल नेतृत्व फेरेर जानु आमजनताको चाहना भएको तरुण दलका केन्द्रीय सदस्य नेत्र पौडेलले बताए ।

 

सम्बन्धित

ताजा अपडेट
नेपालबाट बाहिरियो मनसुन
सुदन गुरुङ नेतृत्वको जेनजीका ७ प्रदेश संयोजको खबरदारी, राजनीतिक नियुक्ति खारेज गर्न जोड
तरुण दलको केन्द्रीय सदस्यहरूले भने, ‘पार्टीमा तत्काल पुस्तान्तरण होस्’

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल