Birat Post मंगलबार, मंसिर २३, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,२३ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलन केपी शर्मा ओलीलाई हटाउन मात्र होइन देशमा आमूल परिवर्तनको लागि भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित राप्रपाको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन सुशीला कार्कीलाई सिंहदरबार राख्नको लागि मात्र होइन देशमा सुशासन र शान्ति स्थायित्वको सुनिश्चितता गर्नको लागि भएको बताएका हुन् ।उनले भने, ‘जनताको आक्रोश केवल त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सुशीला कार्कीलाई सडकबाट टिपेर सिंहदरबार राख्नको लागि मात्र भएको थिएन् । यो व्यवस्थामा नमिलेका कुराहरु परिवर्तन गर्न, देशमा सुशासनको सुनिश्चितता गर्न, शान्ति स्थायित्वको सुनिश्चितता गर्न र देशभित्रै युवाहरुले गरि खाने वातावरण निर्माण गर्नको लागि थियो । आमूल परिवर्तनको लागि त्यो विध्वंश भएको थियो ।’

साथै, उनले कसैले जनताको आक्रोश सम्बोधन गर्न चुनाव गराउने र मुलुकलाई अगाडि लैजाने भन्ने सोचेको छ भने त्यो भ्रम मात्र हुने जिकिर गरे । उनले जेनजी आन्दोलनको मागलाई सम्बोधन गर्ने हिसाबले मात्र निर्वाचनमा जानुपर्ने बताए ।
यस्तै, उनले राजा र राजनीतिक दलहरुका बीचमा एउटा नयाँ समझदारी गरेर अगाडि बढेर देशलाई दुर्घटनाबाट जोगाउ भनेर भन्दा राजनीतिक दलहरुले हाँसो ठट्टामा उडाएको बताए ।

उनले भने, ‘राजा र राजनीतिक दलहरुका बीचमा एउटा नयाँ समझदारी गरेर अगाडि जाउ र देशलाई दुर्घटनाबाट जोगाउ भनेर भन्यौं । तर राजनीतिक दलहरुले हाँसो ठट्टामा उडाए । सोचेको जस्तो देशको अवस्था छैन्, तपाईहरु सच्चिनु हुन्न्, सुध्रिनु हुन्न् भने भाग्नुपर्ने दिन आउछ है भनेर भनेका थियौं । त्यसलाई त झन् मजामा उठाइयो । हामीले कसैलाई रिस गरेर भनेका थिएनौं ।’

सम्बन्धित

ताजा अपडेट
कोइलाखानीमा ज्यान गुमाउने नेपालीको संङ्ख्या चार पुग्यो
सिरहा कारागारभित्र पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जना नियन्त्रणमा
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल