
काठमाडौं ,२३ मंसिर। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ससामू चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन जोडेको हो । सुदूर पश्चिमको इनिङ्सलाई अनुभवी ब्याट्सम्यान विनोद भण्डारीले बलियो आधार दिए। ओपनिङमा आएका उनले ५२ बलको सामना गर्दै ३ चौका र २ छक्कासहित सर्वाधिक ६३ रनको शानदार अर्धशतकीय पारी खेले।
यस्तै, अरिफ शेखले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै १३ बलमा २ चौका र १ छक्का प्रहारसहित नटआउट २० रन जोड्दा सेल्डन ज्याक्सनले ११ बलमा २० रन र हरमित सिंहले ११ बलमा १४ रनको योगदान दिए।विराटनगर किंग्सका लागि बलर प्रतीश जीसी, मर्चन्ट डी लाङ्गेले समान २२ विके६ लिए । सूर्य तामाङले ४ ओभरमा मात्र १३ रन खर्चेर १ महत्त्वपूर्ण विकेट लिए भने कप्तान सन्दीप लामिछानेले विकेट लिन नसकेपनि कसिलो बलिङ गरे ।