Birat Post बिहिबार, मंसिर २५, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको तयारी पूरा भएको र यसले प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ दिशा दिने जानकारी गराएको छ ।

विराट स्पोर्ट्स जोनको मुख्य आकर्षणका रूपमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको क्रिकेट एकेडेमी रहेको छ । व्यवस्थापन पक्षका अनुसार यो नेपालकै व्यवस्थित र ठूलो क्रिकेट एकेडेमीमध्ये एक हो । एकेडेमीमा प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिन राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी सिद्धान्त लोहनीसहितको अनुभवी प्रशिक्षक टोली रहनेछ । बहु–पिच सुविधा, अत्याधुनिक उपकरण र व्यवस्थित तालिम संरचनासहितको यो एकेडेमीले प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतिभा उत्पादनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

पूर्वाञ्चलमै पहिलोपटक ‘गो–कार्ट’
साहसिक र मनोरञ्जनात्मक खेल रुचाउनेहरूका लागि स्पोर्ट्स जोनले पूर्वाञ्चलमै पहिलोपटक ‘गो–कार्ट’ ट्र्याक सञ्चालनमा ल्याउने भएको छ । आधुनिक सुरक्षा मापदण्ड र व्यवस्थित ट्र्याक सहित सुरु हुन लागेको यो सेवाले सबै उमेर समूहका खेलप्रेमीलाई आकर्षित गर्ने विश्वास लिइएको छ । स्पोर्ट्स जोनमा क्रिकेट र गो–कार्ट बाहेक अन्य विभिन्न खेलहरूको पनि सुविधा उपलब्ध गराइनेछ ।

फुटसल, ‘क्रीकसल’ क्रिकेट र फुटसलको हाइब्रिड, स्केटिङ, ब्याडमिन्टन, पिकल बल र टेबल टेनिस खेल्न सकिनेछ । साथै, फुटबल तथा तेक्वान्दो प्रशिक्षण कार्यक्रम पनि अनुभवी प्रशिक्षकहरूको प्रत्यक्ष निगरानीमा सञ्चालन हुनेछन् । सेवाग्राहीलाई सहजता प्रदान गर्न २५ जनाभन्दा बढी कर्मचारी खटाइने व्यवस्थापनले जनाएको छ ।

विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि प्रसाद बजगाईंले खेलकुदलाई सुरक्षित र व्यावसायिक बनाउन खेलाडीहरूको बिमा योजना पनि ल्याइएको जानकारी दिए । उनका अनुसार यहाँ प्रशिक्षण लिने प्रत्येक खेलाडीको ५ लाख रुपैयाँ बराबरको जीवन बिमा गरिनेछ ।  एकेडेमीमा भर्ना हुनका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने मासिक शुल्क ३ हजार रुपैयाँ तोकिएको अध्यक्ष बजगाईंले बताए । खेलकुदसँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्दै स्पोर्ट्स जोन परिसरभित्र शाकाहारी क्याफे सञ्चालनमा ल्याइएको छ ।

खेलमैत्री वातावरण कायम राख्न यस्तो अवधारणा ल्याइएको बताइएको छ । बजगाईंको अध्यक्षतामा रहेको सञ्चालक समितिमा सचिव नवराज काफ्ले, कोषाध्यक्ष राज ढकाल तथा सदस्यहरू अम्बिका अधिकारी, धड्कन कट्टेल र रेखा उप्रेती रहेका छन् । यो टिमले स्पोर्ट्स जोनलाई सुरक्षित, सुव्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
निरौला बन्धु सेवा समाज विराटनगरमा नयाँ कार्यसमिति
हरेक प्रहरी दमनकारी र जेन-जी विध्वंशकारी हुँदैन भन्ने महसुस गराउनु छः मन्त्री भण्डारी
एमाले निर्णायक राष्ट्रिय शक्ति हो, स्टन्टबाजीमा विश्वास गर्दैन : अध्यक्ष ओली

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल