
काठमाडौं, मंसिर २६ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ ठूलो संख्यामा प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा नयाँ भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन खुला गरेको हो ।
योग्यता पुगेका नागरिकले प्रहरी निरीक्षकमा माग ५ गतेसम्म र सहायक निरीक्षकमा माघ ८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।