Birat Post शनिबार, मंसिर २७, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,२७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ पार्टी अघि बढिरहेको बताएका छन् ।

शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ पार्टी अघि बढिरहेको बताएका हुन् । उनले भने, ‘नेकपा एमाले जस्तो देशभक्त नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका छौ । यस काममा मार्गदर्शन गर्न जनताको बहुदलिय जनवाद छ । त्यस मार्गदर्शनमा समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्य तय गरेर अघि बढिरहेका छौं ।’

उनले उक्त संकल्प कुनै राजनीतिक स्टन्टबाजीका लागि नभई व्यवहारमा साकार पार्ने उद्देश्यसहित गरिएको स्पष्ट पारे। ‘देशभक्त नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका पोल्टिकल स्टनबाजीको लागि होइन । यो साकार पार्नका लागि गरिएको संकल्प हो । यसलाई नेकपा एमालेले साकार पारिछाड्ने छ,’ उनले भने ।

उनका अनुसार यस यात्रामा पार्टीलाई मार्गदर्शन गर्ने सिद्धान्त जनताको बहुदलीय जनवाद हो । सोही मार्गदर्शनअनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य तय गरी अघि बढिरहेको उनले बताए।

अध्यक्ष ओलीले आंशिक वा सीमित जनतालाई मात्र नभई सम्पूर्ण नेपाली जनतालाई समृद्ध बनाउने लक्ष्य एमालेको रहेको उल्लेख गरे । ‘हाम्रो उद्देश्य सिंगो देशलाई समृद्ध बनाउने हो,’ उनले भने । उनले यो संकल्प नेकपा एमालेले अवश्य साकार पार्ने विश्वास व्यक्त गर्दै पार्टीका कार्यकर्ता पंक्तिदेखि सुशासन, विकास, समृद्धि र सुख चाहने सम्पूर्ण देशप्रेमी नेपालीको साथ र सहयोग रहने अपेक्षा व्यक्त गरे ।

सम्बन्धित

ताजा अपडेट
निरौला बन्धु सेवा समाज विराटनगरमा नयाँ कार्यसमिति
हरेक प्रहरी दमनकारी र जेन-जी विध्वंशकारी हुँदैन भन्ने महसुस गराउनु छः मन्त्री भण्डारी
एमाले निर्णायक राष्ट्रिय शक्ति हो, स्टन्टबाजीमा विश्वास गर्दैन : अध्यक्ष ओली

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल