Birat Post शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ११ पुस  ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन्। निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ।

आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा नजिकिँदै गर्दा राजनीतिक दलले आन्तरिक तयारी तीव्र पारेका हुन्।

औपचारिक मिति घोषणा भैसकेपछि राजनीतिक दलहरूको गतिविधि, नेताहरूको अस्वाभाविक व्यस्तता र संगठनात्मक शक्ति प्रदर्शनले निर्वाचन अब टाढा छैन भन्ने प्रष्ट संकेत दिइरहेका छन्।

दलहरु शक्ति निर्माणमा रस्साकस्सी गरिरहेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि मधेश केन्द्रित दलहरू र जेनजी समूहहरुसम्म सबै अहिले शक्ति निर्माणको प्रतिस्पर्धामा छन्। तर यो प्रतिस्पर्धा जनताको विश्वास जित्ने दिशामा होइन, सत्ताको नियन्त्रण र पुनरावृत्तिको सुनिश्चिततामा केन्द्रित देखिन्छ । पुराना दलहरु नेतृत्वको निरन्तरताका लागि आफूलाई बलियो बनाउने दाउपेचमा लागिपरेका छन्। यस्तै केहि स्वतन्त्र मानिएका समूहहरु समेत एकताको तालमेलमा लागिपरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल