Birat Post शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ११ पुस  ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन्। निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ।

आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा नजिकिँदै गर्दा राजनीतिक दलले आन्तरिक तयारी तीव्र पारेका हुन्।

औपचारिक मिति घोषणा भैसकेपछि राजनीतिक दलहरूको गतिविधि, नेताहरूको अस्वाभाविक व्यस्तता र संगठनात्मक शक्ति प्रदर्शनले निर्वाचन अब टाढा छैन भन्ने प्रष्ट संकेत दिइरहेका छन्।

दलहरु शक्ति निर्माणमा रस्साकस्सी गरिरहेका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीदेखि मधेश केन्द्रित दलहरू र जेनजी समूहहरुसम्म सबै अहिले शक्ति निर्माणको प्रतिस्पर्धामा छन्। तर यो प्रतिस्पर्धा जनताको विश्वास जित्ने दिशामा होइन, सत्ताको नियन्त्रण र पुनरावृत्तिको सुनिश्चिततामा केन्द्रित देखिन्छ । पुराना दलहरु नेतृत्वको निरन्तरताका लागि आफूलाई बलियो बनाउने दाउपेचमा लागिपरेका छन्। यस्तै केहि स्वतन्त्र मानिएका समूहहरु समेत एकताको तालमेलमा लागिपरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
कोइलाखानीमा ज्यान गुमाउने नेपालीको संङ्ख्या चार पुग्यो
सिरहा कारागारभित्र पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जना नियन्त्रणमा
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल