Birat Post मंगलबार, पुष २९, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, पुस २९ । नेपाली कांग्रेसको विवाद मिलाउन आज त्रिपक्षीय वार्ता हुँदैछ । पार्टीभित्र एकता कायम गर्नका लागि विशेष महाधिवेशन पक्षधर, शेखर कोइराला पक्ष र संस्थापन पक्षबीच त्रिपक्षीय वार्ता हुन लागेको हो । वार्ताका लागि वार्ता समितिका सदस्यहरु लाजिम्पाटस्थित एक नेताको घरमा भेला हुनेक्रम जारी रहेको छ ।

वार्तामा महाधिवेशन पक्षधरहरुका तर्फबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज लिसे, मधु आचार्य सहभागी छन् भने शेखर कोइरालाबाट जीवन परियार र मिनेन्द्र रिजाल तथा संस्थापनका तर्फबाट रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुँदैछन् ।

संस्थापन पक्षले महामन्त्रीहरुको नेतृत्वमा जारी दोस्रो विशेष महाधिवेशनलाई अपनत्व नलिएपछि यसअघि सोमबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई आफ्नो बटमलाइन पेश गरेका थिए ।
यसैबीच संस्थापन पक्षले आज दिउँसो कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यका साथै सातै प्रदेशका सभापतिको अनिवार्य उपस्थित हुन आग्रह गरिएपनि बैठकमा विशेष महाधिवेशन पक्षधर भने सहभागी नहुने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
कांग्रेसको विवाद मिलाउन त्रिपक्षीय वार्ता हुँदै
कांग्रेस विधान महाधिवेशन : त्रिपक्षीय वार्ताले तालिका प्रभावित
अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक :मन्त्री पराजुली

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल