Birat Post शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ१६ माघ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकार र स्वतन्त्रता सहिदहरूले रोपेको आन्दोलनको बीऊका कारण सम्भव भएको बताएका छन्।

आज सहिद दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले लेखेका छन्, “आजको समयमा उभिएर हेर्दा यो दिन केवल एउटा मिति जस्तो लाग्न सक्छ, तर विगतलाई फर्केर हेर्दा हामीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता कति ठूलो त्यागबाट प्राप्त भएको हो भन्ने प्रष्ट हुन्छ।”

राणा शासनको क्रुरता र मृत्युदण्डको सामना गर्दै शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले प्रजातन्त्रको आवाज उठाएको प्रसङ्ग उल्लेख गर्दै ओलीले त्यसै सङ्घर्षले लोकतान्त्रिक अधिकार स्थापित गर्ने जग बसालेको बताएका छन्।

उनले वर्तमान राजनीतिक उपलब्धिलाई कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनको महत्वपूर्ण उपजका रूपमा चित्रण गरेका छन्। अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्ने सङ्कल्प गर्दै अमर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सम्बन्धित

ताजा अपडेट
धवल शमशेर सहित १८३ जनाले राप्रपा छाडे
बजेट २०८३/८४ – कर क्षेत्रमा यस्ता सुधारका प्रस्ताव
विद्युतीय गाडीमा मूल्यका आधारमा भन्सार

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल