Birat Post आइतबार, फाल्गुण २४, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ २४ फागुन, निर्वाचनका क्रममा मतदान अधिकृतले तयार पारेको मुचुल्का प्रतिवेदन र मतपेटिकाभित्र भेटिएको मतसंख्याबीच केही स्थानमा फरक परेको पाइएपछि निर्वाचन आयोगले त्यसमा स्पष्ट कानुनी व्यवस्थाअनुरूप अघि बढ्न निर्देशन दिएको छ।

ओखलढुंगालगायतका केही जिल्लामा यस्तो समस्या देखिएपछि आयोगले देशभरका लागि एकरूपता हुने गरी निर्णय कार्यान्वयन गराएको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रकाश भट्टराईले यस्तो मानवीय त्रुटिका कारण मतदान अधिकृतले दिएको प्रतिवेदन (मुचुल्का) र मतपेटिका खोल्दा निस्किएको मतसंख्याबीच तलमाथि पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै आयोगले मतगणना निर्देशिकामा नै स्पष्ट व्यवस्था गरेको बताए।

यस व्यवस्थाले गर्दा मतगणनास्थलमा हुनसक्ने सम्भावित विवादहरू समाधान गर्न र मतगणना कार्यलाई सुचारु राख्न मद्दत पुगेको आयोगको भनाइ छ।

उनले भने, ‘मतदानका क्रममा कति जना मतदाताले मत खसाले भनेर मतदाता नामावलीमा रेजा लगाउने क्रममा कहिलेकाहीँ मानवीय त्रुटि हुनसक्ने सम्भावना रहन्छ। विगतका निर्वाचनहरूमा पनि यस्ता फाट्टफुट्ट घटनाहरू देखिएका थिए। आयोगले कतै एउटा र अर्को ठाउँमा अर्को निर्णय गर्दैन। हामीले नीतिगत निर्देशन गरेर पठाइसकेका छौँ र सोहीबमोजिम सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत र मतगणना टोलीले मतगणना कार्य अगाडि बढाइरहनुभएको छ।’

निर्देशिकाअनुसार यदि मतदान अधिकृतले दिएको प्रतिवेदन र मतपेटिकाभित्र भेटिएको मत फरक परेको खण्डमा ‘मतपेटिकामा भएको मतलाई नै आधिकारिक मानिने’ कानूनी व्यवस्था रहेको प्रवक्ता भट्टराईले जानकारी दिए। आयोगले यही कानूनी व्यवस्था र परिपत्रलाई आधार मानेर देशभरका सबै निर्वाचन क्षेत्रमा समान खालको निर्णय लागू गरेको छ।

सम्बन्धित

ताजा अपडेट
श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
मतपेटिकाकै मत आधिकारिक मानिनेः आयोग
नेकपा र एमाले दुइ दल तीन प्रदेशमा नील

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल