
काठमाडौँ १२ चैत्र / राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले शाहलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो। उनलाई दलको नेता चयन गर्ने प्रस्ताव सभापति लामिछानेले पेश गरेका थिए।
दलको नेता चयन भएसँगै संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री चयन गर्ने बाटो खुलेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरी दिउँसो १२ः३४ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।
