Birat Post सोमबार, चैत्र १७, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १७ चैत्र /
विराटनगरका सडक ,पेटीमा मागेर जिविका धान्ने तथा अति विपन्नहरुलाई सोमवार खाना ख्वाइएको छ । विराटनगर महानगरपालिका र श्रीश्याम परिवार विराटनगरको प्रयासमा खाना ख्वाइएको हो । विराटनगरका कोशी अस्पताल छेउ ,कालिमन्दिर र हनुमानदास रोडमै आश्रित रहेकाहरुलाई बाटामै खानाको ब्यबस्था गरिएको हो । बाटोमा जहाँ ,जहाँ मानिसहरु छन् त्यहाँ पुगेर खाना ख्वाउने प्रयास गरिएको श्रीश्याम परिवारका सचिव राकेश बंशलले जानकारी दिए ।

सडकमा मागेर गुजारा गर्ने साथै बिपन्न २ सय ६० जना मानिसले भोजन गरेका छन् । श्री श्याम परिवारको मुख्य संयोजनमा हुने यो कार्यक्रमले निरन्तरता पाउने र महानगरको समेत सहयोग  रहने  मेयर भीम पराजुलीले जानकारी दिए । खाना ख्वाउने कार्यक्रममा आफै सहभागी भएका पराजुलीले शुरक्षामा खटिएका प्रहरीलाई माक्स र सेनेटाइजर समेत बितरण गरेका थिए ।  विराटगरका व्यवसायी तथा समाजसेवी विकास चौधरी,अनिल प्रसाद ढकाल,विजयकुमार राठी,राजु अटल,मिथिलेस ठाकुर लगायत खाना ख्वाउने कार्यक्रममा सहभागि भएका थिए ।

सडकका केही दृष्यहरु : 

तस्बिर: कौशल निरौला

 

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल