Birat Post शुक्रबार, चैत्र २१, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २१ चैत्र /
विराटनगर महानगर अन्तरगत विपद् व्यवस्थापन समितिको बैठक शुक्रवार सम्पन्न भएको छ । महानगरका मेयर भीम पराजुलीको अध्यक्षतामा सम्पन्न बैठकमा कोरोना भाइरसका कारण निम्तिएको बर्तमान समस्याका विषयवस्तुमा छलफल भएको जनाइएको छ ।
सरकारद्धारा जारी लकडाउनका कारण विपन्न तथा सिमान्तकृत परिवारमा खाद्यान्न अभाव हुदा दैनिक जीवन कष्टकर बन्दै गएकोमा चिन्ता ब्यक्त गरिएको छ ।

सिमान्तकृत बर्गका लागी खानेकुराको आबश्यक खाद्य सामाग्री खरिद प्रक्रियाका काम सम्पन्न भएको महानगरले जनाएको छ । वडावाट प्राप्त स्थलगत रिपोर्टलाई थप अध्ययन गरि खाद्य सामाग्री वितरण गर्ने तयारीमा महानगर जुटेको छ । आइतवार वाट राहत सामाग्री वितरण गर्ने तयारीमा जुटेको महानगरले नगरका विपद् व्ययवस्थापनका सदस्य ,राजनैतिक दलका नगर नेतृत्व ,उद्योगी तथा व्यवसायी संस्थाका पदाधिकारी,जिल्ला प्रशासन तथा प्रहरी संगठन प्रतिनिधिहरु संग सुझाव लिएको छ । उक्त छलफलमा राहत सामाग्री खरिद तथा बितरण प्रकृया र अबलम्वन गरिएको विषयमा आम नगरवासीलाई दुरुस्त जानकारी गराइने बताइएको छ ।

वडा स्तरिय विपद् व्यवस्थापन समितिको समन्वयमा राहत वितरण शुरु हुने महानगर विपद् व्यवस्थापन समितिका सदस्य सचिव तथा विपद् सम्पर्क व्यक्ति राजेन्द्र प्रधानले जानकारी दिए । कार्यक्रममा विराटनगर महानगर उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल,नेपाली कांग्रेस महानगर कार्यवाहक सभापति अरुण न्यौपाने , नेकपाका महानगर कमिटीका अध्यक्ष सागर थापा ,समाजवादी पार्टीका कार्यवाहक नगर अध्यक्ष मो .नसरुल ,नेपाल रेडक्रस सोसाइटीका बरिष्ठ अधिकृत कुमार निरौला लगायतको सहभगिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल