Birat Post आइतबार, चैत्र २३, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २३ चैत्र /
कोरोनाभाइरस लाई लिएर धेरै अडकलवाजी र अनुमान गरिएका छन् । यो भाइरसले बढी बृद्धबृद्धा लाई मात्रै छुने भनेर प्रचार गरिएको छ । तर भाइरसले केवल उमेर समुहलाई मात्रै आक्रमण गर्दैन भन्ने दाबी अनुसन्धानकर्ताले गरेका छन् । एउटा अनुसन्धानले कोरोनाभाइरसले बालबालिकामा पनि प्रभाव पार्ने बताइएको छ ।

बालबालिकामा कोरोनाभाइरसले कसरी प्रभाव पार्छ भन्ने बारेमा अमेरिकाको भर्जिनिया स्वास्थ्य प्रणााली विश्वविद्यालयको अनुसन्धानमा संलग्न चिकित्सकको टोलीले बालबालिकामा पनि उतिकै प्रभाव पार्ने बताएका छन् । अनुसन्धानमा संलग्न चिकित्सक टोलीका प्रमुख स्टेभिन एल जीचनरले कोरोनाभाइरसबाट सक्रमित बालबालिका गंभीर रुपमा बिमारी हुन सक्ने बताए ।

उनले बालबालिकामा पनि यो भाइरसको उच्च जोखिम रहेको बताएका छन् । अमेरिकाको एउटा जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेख अनुसार कयौ सक्रामक रोगले बयष्कको तुलनामा बाालिकाकालाई अलग प्रकारले बढी प्रभावित पार्न सक्छ । अनुसन्धान अनुसार ती बालबालिामा कोरोनाभाइरस हुन सक्छ जो पहिला देखि नै कुनै न कुनै रोगले ग्रस्त छन् ।

अनुसन्धान अनुसार बच्चामा कोविड–१९ फैलिने ज्यादै खतरा हुन्छ । फोक्सो सम्बन्धी विमार हुने झनै उच्च जोखिममा रहने गरेका छन् । अनुसन्धानकर्ता स्टेभिनका अनुसार दुई तिहाई बालबालिकामा भाइरसको संक्रमणको लक्षणले उनिहरुमा कोविड–१९को आकंलन गर्न धेरै कठिन छ । कोरोनाभाइरस निदान भए पनि कयौ साता सम्म बालबालिकामा भाइरस रही रहने बताइएको छ ।

संक्रमीत बालबालिकाको संख्या उच्च नरहे पनि कोरोनाभाइरसबाट सावधानी र सचेतना अपनाउनु जरुरी छ । बच्चाहरुमा भएको कोरोनाभाइरसले उनिहरुलाई मात्र हैन पुरै परिवारलाई प्रभावित पार्ने भएकाले सावधानि अपनाउनु जरुरी छ । घरवाट बाहिर खेल्न जाने बालबालिकालाई समेत यतिवेला घरभित्रै राख्न समेत भनिएको छ ।
स्रोत : यु एस नेपाल पोष्ट

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल