राजनैतिक प्रोपोगाण्डा गर्ने हो भने, प्रदेश र संघीय सरकारलाई चामल बुझाइन्छ

महानगर भन्छ सरकारको बिश्वासिलो संस्थाबाट खरिद गरेका हौ

Birat Post मंगलबार, बैशाख ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ३ बैशाख /
राहत वितरणका क्रममा लागेको आरोप खण्डन गर्दै विराटनगर महानगरले यसको दोष सरकार तर्फ तेर्साएको छ । कोरोना भाइरस सक्रमण संगै लकडाउनमा परेका सिमान्तकृत र विपन्न परिवारलाई राहत वितरणका लागि विराटनगर स्थित खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाट महानगरले चामल खरिद गरेको थियो ।खरिद गरिएको चामल गुणस्तरहीन भएको आरोप विराटनगर वडा नं. ९ का केही स्थानियले लगाए ।

यस संगै उत्पन्न अवस्थाका विषयमा महानगरले खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड जिम्मेवार हुने तर्क गरेको छ । महानगर कार्यपालिका प्रबक्ता उद्धव अर्यालले राजनैतिक कारण देखाएर प्रोपोगाण्डा  गर्ने हो भने प्रदेश र संघीय सरकारलाई चामल बुझाइने चेतावनी दिएका छन् । राजनैतिक प्रतिशाेध राखेर गरिएको कुरा बाहिर आइ सकेकाे भन्दै उनले विपदमा राजनीति नगर्न समेत आग्रह गरे ।

सरकारको मातहतमा रहेको संस्थानबाट खरिद गरिएको सामानमा गुणस्तरहीनताको प्रश्न उठ्छ भने प्रदेश र संघीय सरकारले यसको जिम्मेबारी लिनुपर्दछ । “अर्यालले भने बिश्वास गरिएको संस्थाबाट खरिद गरिएको र यस विषय महानगरको कुनै पनि कमजोरी नभएको बताए । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड विराटनगरबाट ५ सय क्विटल जापानिज चामल ४२ रुपैया ३० पैसा किलो र सोना मन्सुली चामल ४० रुपैया ५० पैसामा १ हजार क्विटल किनिएको महानगर बिपद ब्यवस्थापन समितिका सदस्य सचिव राजेन्द्र प्रधानले जानकारी दिए ।

सोना मन्सुलीको स्टक सकिए पछि खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेडले गुणस्तरीय छ भने बमोजिम जापानिज चामल खरिद गरिएको हो । यी सवै नियमत १० प्रतिशत छुटमा खरिद गरिएको हो । विराटनगरका १९ वटै वडामा वितरण गरिएको चामल र प्रकार एउटै हो तर वडा नं.९ मा मात्रै किन समस्या आएको भन्ने बिषयमा ब्यापक चर्चा समेत हुन थालेको छ ।

यस विषयमा खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड विराटनगरका प्रमुख देबेन्द्र राइले गुणस्तरहीन चामल भनेर गरिएको हल्लामा सत्यता नभएको दावी गरे । चामलका विषयमा कुनै आशंका लागे खाद्य परिक्षण गर्न समेत राइले आग्रह गरेका छन् । जापानिज सरकारको अनुदानकारुपमा आएको चामल उत्कृष्ट र गुणस्तरिय भएको भन्दै राइले प्लाष्टिकको चामल भनि गरिएको हल्लाका पछाडी नलाग्न आग्रह गरे । राइका अनुसार संखुवासभा र भोजपुरमा यो चामलको माग अत्याधिक छ भने कारागारहरुमा समेत यही चामल प्रयाोग हुन्छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल