Birat Post शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

जनकपुरधाम ६ बैशाख /
जनकपुरधामको महाविरचौक स्थित सडकमा पैसा छरिएको घटनामा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवैजना जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ निवासी मुस्लिम महिलाहरु आमुना खातुन र अलिना खातुन रहेकी छन् । उनी दुवैजना नातामा भाउजु र नन्द हुन ।

आज करिव अढाई बजे जानकी नगर स्थित मदरसाको पछाडिवाट उनीहरुलाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको प्रह्रीले जनाएको छ । सिसिटिभी फुटेजको आधारमा अनुसन्धान सुरु गरिएको थियो । सिसिटिभी फुटेजमा मुख छोपेकी दुईजना महिलाहरु देखिएपछि प्रहरीले सो महिलाहरुको खोजी तिब्र पारेको थियो ।

धनुषा प्रहरीका प्रवक्ता प्रह्री नायक उपरिक्षक रामेश्वर कार्कीका अनुसार सिसिटीभी फुटेजहरु झिकाएर शंकाष्पद देखिएका र स्थानियले भनेको हुलियाको आधारमा महिलाहरुको खोजी गरिएको बताए । शुक्रवार दिउँसो जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ५ महावीर चौकको सडकको विभिन्न ठाँउमा स्थानियले पैसा देखेपछि प्रहरीलाई खवर गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल