Birat Post आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ बैशाख /
नेपाल बिद्यार्थी संघ मोरङले रक्तदान गर्दै ५१ औं स्थापना दिवस मनाएको छ । कोरोना सक्रमणको बेला भइरहेको रगत अभावलाई मध्यनजर गर्दै संघले रक्तदान कार्यक्रम गरेको हो । रगतको माग,रेडक्रसमा रगत अभाव लगायतका विषयलाई हेरेर रक्तदान कार्यक्रम आयोजना गरेको संघका मोरङ अध्यक्ष देवचन्द्र घिमिरेले जानकारी दिए । शनिवार बरगाच्छी चोक,मुनाल चोक ,पुष्पलाल चोकमा रक्तदान कार्यक्रम गरिएको थियो । तीन ठाउँमा भएको रक्तदानबाट ५१ प्रिन्ट रगत संकलन भएको घिमिरेले जानकारी दिए ।

कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली , कांग्रेस नेता यदु बिष्ट ,नेपाल बिध्यार्थी संघ पुर्व सभापतिद्वय सुभाष भण्डारी ,गोकुल थापा,नेका जिल्ला सदस्य तथा बिद्यार्थी बिभाग, प्रमुख राजु मास्के ,कांग्रेस महासमिति सदस्य सुचि चौधरी , प्रदेश सभा सदस्य बिन्दिया कार्की, कांग्रेस युवा नेताहरु अरुण न्यौपाने,प्रकाश दाहाल,उद्धव कोइराला, प्रभाकर थापा, संतोष न्यौपाने , दिपक चापागाईं, बिद्यार्थी नेताहरु सेन्ट्रो महत ,दिपेन न्यौपाने ,किशोर मेहता,आशिका घिमिरे,अमिसा ओझा ,बिनोद पोख्रेल ,सुजन घिमिरे,कमला पौडेल ,सुमन घिमिरे ,बिक्रम कार्की ,अंकित भट्टराई ,मुनु थापा लगायतको सहभागिता रहेको थियो । यस्तै संघले स्वास्थ्यकर्मी र शुरक्षाकर्मीको हौसला बढाउन कोशी अस्पतालमा दीप प्रज्वलन गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल