Birat Post शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १३ बैशाख / 
सिमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीलाई अनेकौ चुनौती आइलागेको छ । कोरोनाको कहर संगै उत्पन्न परिस्थिति संगै सिमा सुरक्षामा खटिएको प्रहरी माथी बोतल र ढुङ्गा बर्सिन थालेको छ । नेपाल ,भारत सिमा क्षेत्र बिराटनगरको दरैयाबस्ती दशगजामा यसखाले समस्या उत्पन्न भएको त्यहाँ स्थित हाम्रा संबाददाता पवन साहले जानकारी दिएका छन् ।

प्रहरीलाई उदृत गर्दै उनले भने रातको समयमा सुरक्षाकर्मीमाथी भारत तर्फबाट गुलेली र खाली बोतल प्रहार गर्ने गरेको पाइएको छ । यस्ता घटना हुन थालेपछी प्रहरी समेत सचेत बनेको छ ,भने सुरक्षा कडाइ बढाएको छ । तश्करीमा सम्लग्नहरुले यस्तो काम गरेको प्रहरीले अनुमान गरेको छ । लागु औषधको किनबेच हुने र तश्करीको मुख्य नाका भएकाले यस स्थानमा तश्करहरु सलबलाएका छन् ।

भारतको टिकुलियाबस्ती वारी नेपालको खुला सिमाना रहेको दरैया बस्ती देखि मोरङ ,सुनसरीको सिमाना केशलिया खोला सम्मको क्षेत्रमा सशस्त्र प्रहरी बलले सुरक्षा निगरानी बढाएको छ । यस स्थानवाट सशस्त्र प्रहरीले दुर्विनवाट समेत निगरानी गरिरहेको छ । सशस्त्र प्रहरीले हाईट पोष्ट समेत बनाएको छ । हाईट पोष्टबाट दुर्बिनको सहायताले सिमावर्ति क्षेत्रमा निगरानी गर्न सजिलो भएको र आपराधिक गतिविधि नियमन भइरहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टका प्रमुख स.प्र.नि. हरि शाहीले जानकारी दिए ।

 

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल