Birat Post शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

कौशल निरौला ,
विराटनगर २० बैशाख /

कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ । सबै सीमाका नाका बन्द छन् । देशभित्र पनि आवागमन संगै सवै पसलहरु खोल्न सरकारले रोक लगाएको छ । बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल सरकारले थप सुरक्षाकर्मी खटाएको छ । सीमा क्षेत्रमा अस्थायी क्याम्प स्थापना गरी सुरक्षाकर्मी खटिएका छन् । त्यसक्षेत्रमा खटिएका सुरक्षाकर्मी भोकै प्यासै सुरक्षामा खटिनुपर्ने बाध्यता पनि त्यतिकै छ । दुवैतर्फका पसलहरु बन्द हुदा उचित खानपानको अभाव समेत शुरक्षाकर्मीले भोगिरहेका छन् ।

देशभरका  सीमाक्षेत्रमा मात्रै २२ हजार ५ सयजना सशस्त्र प्रहरी खटिएका छन् ।
प्रदेश १ संग जोडिएका इलाम, झापा ,मोरङ र सुनसरीमा २४ सय ४८ जना सशस्त्र प्रहरी खटिएका छन् ।

भारतमा कोरोना भाइरसको सक्रमण फैलिँदै गएको अवस्थामा त्यसक्षेत्रबाट कोही पनि नेपाल भित्रन नपाउन् भन्ने उदेश्यका साथ नेपाल भारतको सिमामा सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका छन् । सुरक्षाका लागि खटिने ती सुरक्षाकर्मीहरु विभिन्न समस्याबाट पीडित भइरहेको उनीहरुको गुनासो छ । कतिपय ठाउँमा सुरक्षाकर्मी सीमा क्षेत्रमा रहेका विद्यालय भवन, सामुदायिक भवनलगायतमा बस्दै आएका छन् भने कतिपय ठाउँमा बस्तीबाट निकै टाढा टेन्ट गाडेर बस्न बाध्य छन् ।

उनीहरुसँग पिउने पानी र खाना बोक्नका लागि साधन समेत छैन । खुल्ला सीमा नाकाका कारण भारतबाट थुप्रै मानिस भित्रिन सक्ने भन्दै सरकारले देशैभर सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेको हो । उनीहरुले भारततर्फ आउने व्यक्तिलाई रोक्ने जिम्मेवारी पाएका छन् । सहजठाउँमा खाना,खाजा र पानी ख्वाउने कार्यक्रम त विभिन्न जिल्लामा भइरहेका छन् तर विषम परिस्थितिमा पनि काम गरिरहेका प्रहरीलाई भने कसैले सहयोग गरेको पाइदैन ।

सशस्त्र प्रहरी बल नं १ बराह बाहिनीका सशस्त्र प्रहरी नायव महानिरिक्षक नगेन्द्र बहादुर थापाले प्रदेश १ संग जोडिएका इलाम, झापा ,मोरङ र सुनसरीमा २४ सय ४८ जना सशस्त्र प्रहरी खटिएको जानकारी दिए । उनले सीमामा २ सय ८८ फरवार्ड बेस क्याम्प बनाइ काम भइरहेको जानकारी दिए । यस्तै व्यवस्थापनमा केही समस्या रहे पनि उच्च मनोबलका साथ काम गरिरहेको थापाको भनाइ थियो ।

यसैगरी सशस्त्र प्रहरीबल नेपालका केन्द्रीय प्रबक्ता प्रविण श्रेष्ठले देशभरका सीमाक्षेत्रमा मात्रै २२ हजार ५ सयजना सशस्त्र प्रहरी खटाएको जानकारी दिए । उनले नेपाल,भारतका सीमाक्षेत्रमा १२ सय १३ अस्थाइ पोष्ट तयार गरी प्रहरी परिचालन गरिएको बताए । सीमामा खटिएका प्रहरीलाई सहयोग गर्न प्रदेश सरकार र स्थानीय सरकार संग समन्वय भइरहेको समेत बताए ।

 

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल