Birat Post आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

लोकेश पोख्रेल ,
विराटनगर ४ जेष्ठ
बन्दाबन्दिका बीच विराटनगर महानगरमा भइरहेका बिकास निर्माणका कामको अनुगमन गरिएको छ । विराटनगर महानगरका मेयर भीम पराजुली, एडीबी प्रोजेक्टका टिम लिडर इन्जिनियर गिरिस चन्द, कन्ट्रयाक्ट म्यानेजर इन्जिनियर रबिन्द्रकुमार ठाकुर लगायतको टोलिले नगरका विभिन्न क्षेत्रमा भएका निर्माणका कामको अनुगमन गरेको छ ।

लकडाउनका कारण केही दिन बन्द रहेको बिकास निर्माणका कामले तिब्रता पाएको छ । नगरका १२ स्थानमा सडक विस्तार र ढल निर्माणका काम सुचारु गरिएको छ । एडीवीको सहयोगमा सडक र ढल निर्माणको काम विराटनगरमा भइरहेको छ । बन्दाबन्दिका कारण केहिदिन काममा अबरोध भए पनि सामाजिक दुरी कायम राख्दै बिकास निर्माणका कामहरु अगाडि बढाइएको विराटनगर महानगरका मेयर भीम पराजुलीले जानकारी दिए ।

यस्तै प्रोजेक्टका कन्ट्रयाक्ट म्यानेजर इन्जिनियर रबिन्द्रकुमार ठाकुरले लकडाउनमा बिकास निर्माणका काम गर्न सहज हुने बताए । व्यस्त सडकमा आवातजावतका कारण हुने समस्या लकडाउनको समयमा नहुने र काम गर्न सहज हुने उनको भनाइ छ । यस्तै मजदुर र काममा खटिने कर्मचारीले सहजरुपमा पास नपाउदा हुने प्रशासनिक जटिलता भने कायमै रहेको बताए । स्थानीय मजदुरहरुले रोजगारी पाइरहेको भन्दै ठाकुरले सहजताका लागी सवैको भूमिका आबश्यक रहेको बताए ।

विराटनगरका विभिन्न स्थानमा काम भइरहेको छ । कोशी अस्पताल छेउ,देवकोटा चोक ,न्युरो हस्पिटलको बाटो ,शनिमन्दिरको बाटो, लगायतका स्थानमा निर्माणका काम भइरहेको एडीबी  प्रोजेक्टका टिम लिडर इन्जिनियर गिरिस चन्दले जानकारी दिए । उनले भइरहेका विकास निर्माण काम गुणस्तरिय बनिरहेको र नमुनाकारुपमा विराटनगर स्थापित हुनेमा आफु बिश्वस्त रहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल